Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएन्टिजन टेष्टमा कोभिड देखिएपछि अबदेखि पिसिआर गर्न नपर्ने, विदेशबाट आउनेलाई पनि खुकुलो

एन्टिजन टेष्टमा कोभिड देखिएपछि अबदेखि पिसिआर गर्न नपर्ने, विदेशबाट आउनेलाई पनि खुकुलो


ब्रिजवेन/र्यापिड एन्टिजन टेष्टमा कोरोना संक्रमण देखिएपछि थप प्रमाणित गर्न पिसिआर परिक्षण गर्न नपर्ने भएको छ । आज बसेको अष्ट्रेलियाको राष्ट्रिय मन्त्रीपरिषदको बैठकले कोभिड परिक्षणलाई थप सहज बनाउन यस्तो निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले एन्टिजन परिक्षणमा कोभिड देखिएपछि थप पिसिआर परिक्षण गर्न नपर्ने बताउनुभएको हो । यसअघि एन्टिजन टेष्टमा कोरोना देखिए पिसिआर गरि थप प्रमाणित गर्नुपर्ने थियो ।

त्यस्तै विदेशबाट आउने यात्रुले पनि पटक पटक कोभिड परिक्षण गर्न नपर्ने भएको छ । यसअघि विदेशबाट आउने यात्रुले राज्य अनुसार पहिलो २४ घण्टा, पाचौं दिन, सातौं दिनमा थप परिक्षण गनुपर्ने नियम थियो । विदेशबाट आउनेले आउने बित्तिकै एन्टिजन परिक्षण गरेपछि अर्को परिक्षण गर्न नपर्ने भएको हो । विदेशबाट आउने ९९ प्रतिशतले दुबै खोप लगाएर आउने गरेको तथा उनीहरुबाट कोभिड संक्रमण दर निकै न्युन रहेकाले पटक पटक परिक्षण गनुपर्ने नियम हटाइएको प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो । प्रधानमन्त्रीका अनुसार कुइन्सल्याण्डले भने ९० प्रतिशत दुबै खोप लगाउनेको संख्या नपुगेसम्म विदेशबाट आउने यात्रुले एक पटक मात्रै परिक्षण गर्ने नियम लागु नगर्ने बताउनु भएको छ । तास्मानियाले अर्को हप्ता मात्रै एन्टिजन परिक्षणको नयाँ नियम लागु गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो । अबदेखि वेष्टर्न अष्ट्रेलियाबाहेक अन्य राज्य राज्यबिच यात्रा गर्दा एन्टिजन टेष्ट गर्नुपर्ने नियम पनि हटाइएको छ । वेष्टर्न अष्ट्रेलिया आजको मन्त्रीपरिषद बैठकमा समेत उपस्थित नभएको भन्दै प्रधानमन्त्री मोरिसनले त्यहाको अवस्था बाकी अष्ट्रेलियाको भन्दा फरक भएको समेत बताउनुभयो ।  कोभिड परिक्षण गर्नेको संख्या बढेसंगै रिपोर्ट आउन ढिलाई हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।


ट्याग : #pcr, #rapid antigen test
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ