Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालबाट अब विद्यार्थीहरु सिधै अष्ट्रेलियाको एडिलेड आउन पाउने । क्वारेन्टिन पनि हट्यो

नेपालबाट अब विद्यार्थीहरु सिधै अष्ट्रेलियाको एडिलेड आउन पाउने । क्वारेन्टिन पनि हट्यो


एडिलेड/साउथ अष्ट्रेलियाले पनि दुबै खोप लगाएका अन्तराष्ट्रिय विद्यार्थीलाई प्रवेश दिन थालेको छ । जनवरी १ तारिखदेखि कोरोनाको मान्यता प्राप्त पुरा खोप लगाएका विदेशी विद्यार्थीहरु साउथ अष्ट्रेलिया आउन पाउने भएका हुन् । अझ सुखद कुरा त उनीहरुले क्वारेन्टिन समेत बस्नु नपर्ने भएको छ ।

साउथ अष्ट्रेलियाको सरकारी वेवसाइटमा उपलब्ध जानकारी अनुसार विद्यार्थी लगायत विदेशबाट आएका यात्रुले २४ घण्टा भित्र कोरोनाको परिक्षण गरेर नेगेटिभ रिपोर्ट नआउदासम्म आइसोलेसनमा भने बस्नुपर्नेछ । त्यस्तै साउथ अष्ट्रेलिया आएको सातदिनसम्म उच्च जोखिम हुने स्थानहरु जस्तै अस्पताल, एजकेयर होम जस्ता स्थानमा जान भने पाइनेछैन । विद्यार्थीसंगै ४८५ टिआर भिषामा भएकाहरुले पनि साउथ अष्ट्रेलिया आउन पाउने भएका हुन् । विदेशबाट आउने यात्रुहरुले यसअघि भर्नुपर्ने इन्ट्रीचेक एस ए फारम समेत भर्नुनपर्ने भएको छ । अन्य राज्यहरुमा यसअघि नै आइसकेका विद्यार्थीहरुले त्यस राज्यको नियम पालना गरिसकेपछि साउथ अष्ट्रेलिया प्रवेश पाउनेछन् ।

साउथ अष्ट्रेलिया आउनु अघि यात्रुले दुबै खोप लगाएको प्रमाण र विमान चढ्नु ७२ घण्टा अघि गरिएको कोरोनाको नेगेटिभ रिपोर्ट साथै राख्नुपर्ने हुन्छ । थप जानकारीका लागि साउथ अष्ट्रेलिया सरकारको वेवसाइट हेर्नुहोस् ।

Photo- City of Adelaide

 


ट्याग : #Australia, #Border, #South Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ