Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजबाट अष्ट्रेलियामा कोभिड संक्रमितको ‘क्लोज कन्ट्याक’ को नयाँ परिभाषा । यस्तो छ नियम

आजबाट अष्ट्रेलियामा कोभिड संक्रमितको ‘क्लोज कन्ट्याक’ को नयाँ परिभाषा । यस्तो छ नियम


ब्रिजवेन/राज्य र क्षेत्रहरुका आ आफ्नै परिभाषाका कारण कोरोना संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरुबिच नियम पालना गर्न द्युविदा हुदै आएको थियो । तर, अब संघिय सरकारले ‘क्लोज कन्ट्याक’ अर्थात कोभिड संक्रिमितका निकटतम सम्पर्कमा आएकाहरुका लागि राष्ट्रिय मापदण्ड तयार पारेको छ । आज शुक्रबारदेखि लागु हुने नयाँ परिभाषा अनुसार संक्रिमितसंग एउटै घरमा बस्ने तथा कोठाको संरचनामा ४ घण्टाभन्दा बढी समय बिताउनेलाई ‘क्लोज कन्ट्याक’ भनिनेछ ।

बिहिबार बसेको राष्ट्रिय मन्त्रीपरिषदको बैठकले यस्ता क्लोज कन्ट्याकमा आएकाहरुले खोपको अवस्था जे भएपनि संक्रमण देखिएको दिनदेखि सात दिन क्वारेन्टिन बस्नुपर्ने नियम पारित गरेको हो । त्यस्तै उनीहरुले छैटो दिनमा ¥यापिड एन्टिजन टेष्ट गरेर नेगेटिभ हुनुपर्दछ । त्यसपछि थप सात दिन कोभिडको लक्षणको निगरानी गर्नुपर्दछ । यदि सो समयमा लक्षण देखिएमा पुन एन्टिजन परिक्षण गर्नुपर्दछ ।  कोभिड संक्रिमितको टाढाबाट संसर्गमा आएका अर्थात ‘क्याजुअल कन्ट्याक’मा आएकाहरुले भने लक्षण देखिएमात्र एन्टिजन वा पिसिआर टेष्ट गर्नुपर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ ।  संक्रमितको संसर्गमा आएका सबैले घरबाहिर हिडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने तथा १४ दिनसम्म उच्च जोखिम हुने स्थानहरुमा जान नहुने समेत निर्णय भएको छ ।

एन्टिजन परिक्षणमा कोभिड देखिएमा ती व्यक्तिले थप पुष्टी गर्नका लागि पिसिआर परिक्षण समेत गर्नुपर्दछ । एन्जिटन टेष्ट गर्ने किट भने अधिकांश अवस्थामा व्यक्तिले स्वयमले किन्नुपर्ने समेत संघिय सरकारले निर्णय गरेको छ ।  क्लोज कन्ट्याकको नयाँ नियम शुक्रबारदेखि न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याण्ड, साउथ अष्ट्रेलिया र क्यानबेराले लागु गर्दैछन् । त्यस्तै तास्मानियाले जनवरी १ बाट लागु गर्ने भएको छ । नर्दन टेरिटोरीले केही समयमा र वेष्टर्न अष्ट्रेलियाले भने यसअघिकै आफ्नो नियमलाई नै पालना गर्ने जनाएको छ । वेष्टर्न अष्ट्रेलियामा संक्रमितसंग आमनेसामने भएका तथा केही समय मात्रै बन्द स्थानमा बिताएका सबै क्लोज कन्ट्याक मानिन्छ ।


ट्याग : #Australia, #close contact, #covid
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ