Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया लकडाउनमा फर्कदैन – प्रम मोरिसन

अष्ट्रेलिया लकडाउनमा फर्कदैन – प्रम मोरिसन


ब्रिजवेन/क्रिसमसको समयमा विभिन्न राज्यमा कोरोनाको संक्रमण दर बढ्न थालेपछि जनस्वास्थ्य बारे चिन्ता सुरु भएको छ । न्यु साउथ वेल्स र भिक्टोरियामा गरि एकै दिन ४३ सय २ जनाको कोरोना देखियो, कुइन्सल्याण्डमा पनि ७९ जनालाई संक्रमण भएको छ । राज्यहरुबिच सिमा खुल्ला गरिदा ओमिक्रोनको संक्रमण दर बढेको हो । ओमिक्रोनको संक्रमण बढ्न थालेपछि फेरी लकडाउन हुने हो कि भन्ने चिन्ताले समेत सताउन थालेको छ । क्रिसमसपछि लकडाउन फर्किन्छ भन्नेहरु पनि उत्तिकै छन् । न्यु साउथ वेल्समा अधिकांश स्थलमा मास्क र चेकइन अनिवार्य गरिएको छैन । जोखिम बढ्न थालेको भन्दै चिफ मेडिकल अफिसर प्राध्यापक पल केलीले बन्द स्थलमा सुरक्षित रहन मास्क लगाउनुपर्नेमा जोड दिनुभयो ।

यसैबिच प्रधानमन्त्री स्कट मोरिसनले भविष्यमा लकडाउन नहुने दाबी गर्नुभएको छ । आज मंगलबार संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया फेरी लकडाउनमा नर्फने बताउनुभएको हो । हामीले विषम समयलाई पछाडी छोडिसक्यौ प्रधानमन्त्रीले भन्नुभयो संसार कै सबैभन्दा धेरै मात्रामा खोप लगाउने देश भएकाले अब हामीले आफैलाई चिन्नु र विश्वास गर्नुपर्छ । त्यस्तै प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया नियमनको संस्कारबाट जिम्मेवारीको संस्कारमा पुगिसकेको भन्दै भविष्यमा पनि भाइरससंग यसैगरि जिउनुपर्ने बताउनुभयो ।
अष्ट्रेलियामा हालसम्म १६ वर्षभन्दा माथी साढे ९० प्रतिशत मानिसले कोरोनाको दुबै खोप लगाइसकेका छन् । ओमिक्रोनको प्रभाव बढ्न थालेपछि सरकारले दोस्रो खोप लगाएको ६ महिनापछि मात्र लगाउने भनेको बुस्टर डोजको समय घटाएर ५ महिना बनाएको छ । यो समय अझै घटाउनुपर्नेमा स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । यसैबिच पछिल्लो कोरोना अवस्था मुल्यांकन गर्न तथा केही नियमहरु फेरबदल गर्न भोली बुधबार राष्ट्रिय मन्त्रीपरिषदको बैठक बस्दै छ । यसअघि फेब्रवरीमा मात्रै बस्ने भनिएको बैठक भोली बस्नुलाई धेरैलाई चासोका साथ हेरिरहेका छन् ।


ट्याग : #corona, #lockdown, #morrison
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ