Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया हिडेका नेपाली विद्यार्थीहरु मलेसियामा अलपत्र, लाखौ खर्चेर अर्को टिकट काट्न बाध्य

अष्ट्रेलिया हिडेका नेपाली विद्यार्थीहरु मलेसियामा अलपत्र, लाखौ खर्चेर अर्को टिकट काट्न बाध्य


ब्रिजवेन/कोरोनाका कारण दुइ वर्षदेखि बन्द अष्ट्रेलियाको सिमाना डिसेम्बर १५ देखि विद्यार्थीका लागि खुलेको छ । अब त अष्ट्रेलिया जान पाइने भो भनेर ठुलो सपना बोकेर नेपालबाट उडेका थुप्रै नेपाली विद्यार्थी यतिबेला मलेसियाको क्वालालम्पुरमा अलपत्र परेका छन् । काठमाडौबाट उठेका ती विद्यँर्थीहरु मलेसियाको क्वालालम्पुर, सिंगापुर हुदै अष्ट्रेलियाको मलेवर्न र सिड्नी आउदै थिए । तर, काठमाडौबाट मलेसियासम्म ल्याउने विमान तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला उठ्दा अन्य मलेसियालको कनेक्टिङ फ्लाइट छुटेपछि विद्यार्थीहरु अलपत्रमा परेका हुन् ।

ती विद्यार्थीहरु हिमालय एयरलाइन्स चढेर काठमाडौबाट हिडेका थिए । नेपालको समय अनुसार डिसेम्बर १७ तारिख बिहान सवा १० बजे काठमाडौबाट उड्नु पर्ने विमान साढे १२ बजे मात्रै उडेको मलेसियामा अलपत्र परेका एक विद्यार्थी प्रवेश राना मगरले नेपालट्युबलाई बताउनुभयो । अर्का विद्यार्थी निशा खड्काका अनुसार पानी परेको भन्दै विमान पुर्व निर्धारित क्वालालम्पुर नआई मलेसियाको अर्को शहर पेनाङमा अवतरण गरेको थियो ।

प्राविधिक गडबडी तथा इन्धन भर्ने भन्दै थप केही घण्टा त्यहि रोकेपछि मात्रै राति १० बजे मात्रै विमान क्वालाम्पुर अवतरण गरेको विद्यार्थी रानाले बताउनुभयो । स्थानिय समय अनुसार साझ सवा ५ बजे अवतरण हुनु पर्ने विमान ५ घण्टा ढिला गरि उत्रिदा धेरै विद्यँर्थीले कनेक्टिङ फ्लाइट भेट्न सकेनन् । मलेसियामा अलपत्र परेका अर्का विद्यार्थी विक्रम गुरुङले बताए अनुसार क्वालालम्पुरमा सिंगापुर एयरको कनेक्टिङ प्लेनले १ घण्टा कुरेको तर यात्रु नआएपछि सिंगापुर तर्फ उडान भरेको जानकारी पाएको बताउनुभयो ।

५ घण्टाभन्दा बढी ट्रान्जिट हुने विद्यार्थीहरु भोली पल्ट बिहान अर्थात शनिवार नियमित उडानमा अष्ट्रेलिया आएपनि १ सय भन्दा बढी विद्यार्थीहरु मलेसियामै अलपत्र परेका हुन् । उनीहरुमध्ये केहीले आफैले महंगो शुल्क अर्थात ३ लाख रुपैयासम्म तिरेर अर्को टिकट काटि अष्ट्रेलिया आएका छन् । ब्रिजवेनका एनआरएनए अभियन्ता आषिश न्यौपानले आफ्नो बिहिनी मलेसियाबाट महंगोमा टिकट काटेर अष्ट्रेलिया आउदै गरेको पुष्टी गर्नुभयो ।

केहीलाई टिकट काटिदिने ट्राभल एजेन्सीले अर्को दिनको टिकट मिलाइदिएको छ । झण्डै २० जना जति नेपाली विद्यार्थी नेपाल नै फर्किएको विद्यार्थीहरुले नेपालट्युबलाई जानकारी दिए । डिसेम्बर १७ तारिख शुक्रबार नेपाली विद्यार्थीहरुले रातभर विमानस्थलको कुर्सीमा भोकोपेट रात गुजारेका छन् । एडिलेडमा सोसिल वर्क पढ्न आउदै गरेका निशा खड्काले रातभरी भोको पेटमा विमानस्थलमा बिताउदा निकै समस्या परेको बताउनुभयो । कोभिडका कारण विमानस्थलको सिमित काउन्टिरभन्दा बाहिर जान मनाही गरिएकाले पनि टिकट मिलाउन समस्या परेको निशाले बताउनुभयो । आफ्नै पैसाले टिकट काट्छु भन्दा पनि अरु दुइ दिन सबै विमान फुल भएको जानकारी पाएको निशाले बताउनुभयो ।

विमान छुट्दा अर्को टिकट काट्ने पैसा मात्रै होइन, अष्ट्रेलिया आएर आइसोलेसनमा बस्ने होटलमा तिरेको पैसा समेत गुमेको छ । त्यसपछि कोभिडका कारण अष्ट्रेलियन ट्राभल डिक्लेरेसन के गर्ने भन्ने पनि अर्को अन्यौल थपिएको छ विद्यार्थीमा । अलपत्र परेका विद्यार्थीले हिमालय एयरलाइन्ससंग सम्पर्क गर्न खोजेपनि सफल नभएको बताए । ‘विमान समयमै उडेको भए यस्तो केही हुदैनथ्यो’- विद्यार्थी प्रवेश रानाले भन्नुभयो -‘के विमानले यसरी अलपत्र पार्न पाउछ त ?’

हामीले हिमालय एयरलाइन्स र मलेसियास्थित नेपाली दुतावासमा सम्पर्क गर्ने कोसिस गरिरहेका छौ । तर, शनिवार भएका कारण सम्पर्क हुन सकिरहेको छैन । Photo- Ayug Joshi

यो पनि पढ्नुस

मलेसियामा अलपत्र नेपाली विद्यार्थी बारे हिमालय एयर भन्छ- मानविय हिसाबमा सहयोग गर्छौ « Nepal Tube Australia


ट्याग : #Australia, #nepal, #nepali student in Malaysia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ