Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालबाट अष्ट्रेलियाको कुइन्सल्याण्ड यसरी आउन सकिन्छ

नेपालबाट अष्ट्रेलियाको कुइन्सल्याण्ड यसरी आउन सकिन्छ

सिड्नी र मेलवर्न आएको १४ दिन पछि आउन पाइने


ब्रिजबेन/पुरा खोप लगाएका विद्यार्थीहरु नेपालबाट सिधै सिड्नी र मेलवर्न आइरहेका छन् । तर, अष्ट्रेलियाको तेस्रो ठुलो राज्य कुइन्सल्याण्डले भने विद्यार्थीका लागि सिमाना खुल्ला गरेको छैन । के त्यसो भए सिड्नी वा मेलवर्न आएर कुइन्सल्याण्ड (ब्रिजवेन) आउन मिल्दैन त ? यो प्रश्न धेरैले हामीलाई सोध्नु भएको छ । यो प्रश्न हामीले कुइन्सल्याण्ड सरकार समक्ष राखेका थियौ ।

सरकारका प्रतिनिधीले दिएको जानकारी तथा कुइन्सल्याण्ड हेल्थको वेवसाइटमा उपलब्ध विवरण अनुसार सिड्नी वा मेलवर्न हुदै विदेशी विद्यार्थीहरु पनि कुइन्सल्याण्ड प्रवेश गर्न सक्छन् । तर, त्यसका लागि केही निश्चित नियमहरु छन् ।

१. नेपालबाट आएको शहर सिड्नी वा मेलवर्नमा स्थानिय नियम अनुसार आइसोलेसन र कोभिड परिक्षण गर्ने ।

२. कुइन्सल्याण्ड सरकारले दिएको जानकारी अनुसार उक्त शहरमा १४ दिन बिताएपछि विदेशी यात्रु तथा विद्यार्थीहरु अन्तरराज्यका यात्रुका रुपमा परिणत हुनेछ ।

३. विद्यार्थी र विदेशी यात्रुले १४ दिन सिड्नी र मेलवर्नमा बिताएपछि अन्तर राज्य यात्रुको हैसियतमा कुइन्सल्याण्ड प्रवेश गर्न पाउनेछन् ।

४. अन्तरराज्य हैसियतका यात्रुले पालना गर्नुपर्ने नियम सबै पालना गर्नुपर्दछ ।

यात्रा गर्नु ७२ घण्टा अघि पिसिआर जाच गरि नेगेटिभ हुुनुपर्छ, पिसिआरको रिपोर्ट आएपछि कुइन्सल्याण्ड इन्ट्रि पास भर्नुपर्छ । पास भर्न यो लिंकमा थिच्नुहोस् । पास आउनका लागि १ घण्टा जति लाग्न सक्छ । कुइन्सल्याण्ड आएपछि पाचौ दिनमा फेरी पिसिआर जाच गर्नुपर्छ । यस बिचमा भिडभाड हुने, सार्वजनिक स्थल, अस्पताल, एजकेयर जस्ता स्थानहरुमा नजादा राम्रो हुन्छ ।  १४ दिन सिड्नी र मेलवर्नमा बिताए आउदा कुइन्सल्याण्डमा क्वारेन्टिन बस्नुपर्ने नपर्ने सरकारका प्रतिनिधीले नेपालट्युबलाई जानकारी दिनुभयो । photo-Brisbane City Council
थप जानकारीका लागि यो लिंकमा उपलब्ध विवरणहरु पढ्नुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ