Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबेलुन घर हावाले उडाउदा तास्मानियामा ५ स्कुले केटाकेटीको गयो ज्यान

बेलुन घर हावाले उडाउदा तास्मानियामा ५ स्कुले केटाकेटीको गयो ज्यान


होबार्ट/हावा भरिएको बेलुन घर अर्थात जम्पिङ क्यासल एक्कासी हावामा उड्दा तास्मानियाको डेभनपोर्टमा ५ स्कुले केटाकेटीको ज्यान गएको छ । स्थानिय संचारमाध्यमहरुले जनाए अनुसार बिहिबार डेभनपोर्टको हिलक्रिष्ट प्राथमिक विद्यालयमा घटना भएको हो । स्थानिय प्रहरीका अनुसार एक्कासी हावाले क्यासल र त्यसमा खेलिरहेका ९ जना बालबालिकालाई जमिनबाट १० मिटर माथी उडाएको थियो ।

जसमध्ये ४ जनाको घटनास्थलमा, एकको अस्पतालमा ज्यान गएको हो । ३ जना बालबालिको अवस्था चिन्ताजनक छ । सामान्य अवस्था रहेका एक जनाको भने घरमै उपचार भइरहेको छ । विद्यालयको छुट्टी अघिको अन्तिम दिनको अतिरिक्त कार्यक्रमका बेलामा दुर्घटना भएको हो । यस कार्यक्रममा कक्षा ५ र ६ का विद्यार्थी सहभागी थिए ।
घटनापछि तास्मानियाका प्रिमियर पिटर गटविनले यस घटनाले सिंगो राज्य शोखमा डुबेको बताउनुभयो । घटनाको प्रहरीले छानविन गरिरहेको छ । छानविनको रिपोर्ट आउन केही समय लाग्न बताइएको छ ।

बेलुन घरको नमुना

क्यासललाई हावाले उडाएको भनिएपनि सो समयमा त्यस आसपास केबल २२ किलोमिटिर प्रतिघण्टाको दरले हावा चलेको स्थानिय मौसम विभागले जनाएको छ । यो दरलाई हावाको मध्यम गति मानिन्छ । Photo- Sarah Maunder



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ