Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२५० विद्यार्थी केही बेरमा सिड्नी उत्रिदै । ३ दिन आईसोलसन बस्नुपर्ने

२५० विद्यार्थी केही बेरमा सिड्नी उत्रिदै । ३ दिन आईसोलसन बस्नुपर्ने


सिड्नी/पुर्व निर्धारित पाईलट योजना अन्तर्गत केही बेरमा २५० जना विदेशी विद्यार्थी सिड्नी उत्रिदै छन् । चाटर्ड विमान मार्फत उनीहरु सिड्नी आईरहेका छन् । उनीहरुलाइ न्युसाउथ वेल्स सरकारले ल्याउन लागेको हो ।

दुबै खोप लगाएका उनीहरु ३ दिन आईसोलेसनमा बस्नुपर्नेछ । यस विमानमा नेपाली छैनन् । डिसेम्बर २४ मा अर्को विमानमा विद्यार्थी आउदैछन् । सो विमानमा नेपाली पनि  हुनेछन् । यसअघि संघिय सरकारले डिसेम्बर १ देखि विद्यार्थी लगायत २८ भिषाधारी पुरा खोप लगाउनेलाई आउन दिने घोषणा गरेको थियो  । तर, कोरोनाको ओमिक्रोन देखिएपछि डिसेम्बर १५ सम्म सरकारले सो योजनालाई स्थगित गरेको छ । संघिय सरकारको योजना स्थगित भएपनि न्यु साउथ वेल्स सरकारले भने आफ्नो योजनालाई निरन्तरता दिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ