Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा काउन्सिलर पदमा भद्रा वाइबा विजयी, रचियो इतिहास

सिड्नीमा काउन्सिलर पदमा भद्रा वाइबा विजयी, रचियो इतिहास

नेपालीमुलकै पहिलो विजय


सिड्नी/ शनिवार सम्पन्न न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको निर्वाचनमा नेपाली मुलकी नर्स भद्रा वाइबा काउन्सिलर पदमा विजयी हुनु भएको छ । सिड्नीको ब्याङ्सटाउन क्यान्टबरी सिटी काउन्सिलको काउन्सिलर पदमा वाइबा विजयी हुनु भएको हो । भद्रालाई लेभर पार्टीको यो काउन्सिलको रोजल्याण्ड वार्डबाट दोस्रो नम्बरको उमेद्वार बनाएको थियो ।

यस बार्डमा लेभर पार्टीले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेपछि भद्रा स्वत विजयी हुनु भएको हो । पार्टीले प्राप्त गरेको मत संख्याको आधारमा पहिलो, दोस्रो र तेस्रो वरियता अनुसार उमेद्वारहरु विजयी हुन्छन् । भद्रा दोस्रो वरियताकी उमेद्वार हुनु भएकाले स्वत विजयी हुनु भएको हो । अष्ट्रेलियाको कुनै पनि तहको निर्वाचनमा निर्वाचित हुने भद्रा नै पहिलो नेपाली हुनुहुन्छ ।

तर, निर्वाचन आयोगले सोमबार मात्रै यसको औपचारिक घोषणा गर्नेछ । विजयी भएपछि नेपालट्युबसंग कुरा गर्दै नसोचेको सफलता हात परेको भद्राले बताउनुभयो । आफ्नो विजयी केवल व्यक्तिगत मात्र नभई सिंगो नेपाली समुदायको भएको पनि भद्राले बताउनुभयो । नेपालीको संख्या बढेसंगै हाम्रो सक्रियता स्थानिय राजनीतिमा पनि हुनुपर्छ भन्ने मान्यता राख्ने भद्राले आफ्नो विजयले अन्य थुप्रै नेपालीलाई अष्ट्रेलियाको राजनीतिमा सक्रिय हुन अभिप्रेरित गर्ने समेत बताउनुभयो । नेपालीको शाखलाई अझ बढाउन आफु अहोरात्र खट्ने समेत भद्राको भनाई छ ।

को हुन भद्रा ?

भद्रा वाइबा पेशाले रजिष्टर्ड नर्स हुनुहुन्छ । नेपालको वीर अस्पताल र प्रसुती गृहमा झण्डै १८ वर्ष नर्सिङ सेवा गरेर सन् २००८ मा भद्रा अष्ट्रेलिया आउनुभएको हो । सिन्धुली स्थाई घर भएकी भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापना गर्न निकै ठुलो योगदान दिनुभयो । सन् १९९१ मा प्रारम्भिक कमिटिको अध्यक्ष भएर भद्रा कै नेतृत्वमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु स्थापना भएको थियो ।

खासगरी अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्नुभएका भद्रा कानुनमा बिबिएल गरेर अधिवक्ता समेत बन्नु भएको छ । भद्रा लेभर पार्टीको पञ्चवल शाखाको सहसचिव पदमा समेत कार्यरत हुनुहुन्छ । सन् २०१३ मा पार्टी प्रवेश गरेदेखि नै भद्रामा दलभित्र बलियो उपस्थिती जनाउदै आउनुभएको छ ।

यो पनि पढ्नुस्

सिड्नीमा यस कारण भद्रा वाइबा काउन्सिलर बन्ने संभावना बलियो « Nepal Tube Australia


ट्याग : #bhadra waiba, #nepali politician in Australia, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ