Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १ बाट स्कुले विद्यार्थीका अभिभावक, टिआर र ४९१ भिषावाला पनि अष्ट्रेलिया आउन पाउने

डिसेम्बर १ बाट स्कुले विद्यार्थीका अभिभावक, टिआर र ४९१ भिषावाला पनि अष्ट्रेलिया आउन पाउने


ब्रिजवेन/आगामी डिसेम्बर १ बाट विदेशी विद्यार्थी सहित २८ वटा अस्थाई भिषावहाक पनि अष्ट्रेलिया आउन पाउने भएका छन् । अष्ट्रेलियन सरकारले जारी गरेको सुचना अनुसार विद्यालयमा  विद्यार्थीका अभिभावक, टिआर, रिजनल भिषामा भएकाहरु पनि अष्ट्रेलिया आउन पाउने भएका हुन् । त्यस्तै विवहा गर्न आउने भिषावहाकलाई पनि आउन दिने भएको छ । अभिभावक भिषा सबक्लास ५९० भनेको विद्यालयमा पढिरहेका विद्यार्थीका आमाबालाई दिने भिषा भएको रिजिष्ट्रर्ड माईग्रेसन एजेन्ट नारायण कोईरालाले बताउनुभयो ।

अष्ट्रेलियामा मान्यता प्राप्त कोरोना खोपको पुर्ण मात्रा लगाएका तथा यी २८ वटा भिषा लिएकाहरु आउन पाउने भएका हुन् । उनीहरुले विमान चढ्नु ७२ घण्टा अघि कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट र पुरा खोप लगाएको प्रमाणपत्र संगै बोक्नुपर्नेछ । अष्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा आउनेहरुले भने क्वारेन्टिन समेत बस्नु पर्दैन । अन्य राज्यहरुको हकमा भने स्थानिय सरकारले लागु गरेको क्वारेन्टिन सम्बन्धी नियम पालना गर्नुपर्नेछ ।
डिसेम्बर १ बाट आउन पाउने २८ वटा भिषावहाकहरु यस्ता छन् ।

Subclass 200 – Refugee visa
Subclass 201 – In-country Special Humanitarian visa
Subclass 202 – Global Special Humanitarian visa
Subclass 203 – Emergency Rescue visa
Subclass 204 – Woman at Risk visa
Subclass 300 – Prospective Marriage visa
Subclass 400 – Temporary Work (Short Stay Specialist) visa
Subclass 403 – Temporary Work (International Relations) visa (other streams, including Australian Agriculture Visa stream)
Subclass 407 – Training visa
Subclass 408 – Temporary Activity visa
Subclass 417 – Working Holiday visa
Subclass 449 – Humanitarian Stay (Temporary) visa
Subclass 457 – Temporary Work (Skilled) visa
Subclass 461 – New Zealand Citizen Family Relationship visa
Subclass 462 – Work and Holiday visa
Subclass 476 – Skilled – Recognised Graduate visa
Subclass 482 – Temporary Skill Shortage visa
Subclass 485 – Temporary Graduate visa
Subclass 489 – Skilled – Regional (Provisional) visa
Subclass 491 – Skilled Work Regional (Provisional) visa
Subclass 494 – Skilled Employer Sponsored Regional (Provisional) visa
Subclass 500 – Student visa
Subclass 580 – Student Guardian visa (closed to new applicants)
Subclass 590 – Student Guardian visa
Subclass 785 – Temporary Protection visa
Subclass 790 – Safe Haven Enterprise visa
Subclass 870 – Sponsored Parent (Temporary) visa
Subclass 988 – Maritime Crew visa

Source- Department of home affairs



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ