Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नको एक घरमा आगलागी, ४ बालबालिकाको निधन, ३ घाइते

मेलवर्नको एक घरमा आगलागी, ४ बालबालिकाको निधन, ३ घाइते


मेलवर्न/आइतबार बिहान १ बजे एक्कासी सल्किएको आगोले घरभित्र सुतिरहेका ४ जना बालबालिकाको जलेर निधन भएको छ । मेलवर्नको वेरिबीस्थित घरमा आगलागी भएको हो । आगलागीमा परि एकै परिवारका १० र ३ वर्षका बालक तथा ६ र १ वर्षिय बालिकाको निधन भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परि घाइते एक महिला, एक पुरुष र ७ वर्षका बालकको भने उपचार भइरहेको छ । आगलागीबाट घर पुर्णरुपमा जलेको छ । आगलागी भएको १० मिनेटमै दमकल घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो । पुर्णरुपमा आगो निभ्न ४० मिनेट भन्दा बढी समय लागेको थियो । आगलागी कसरी र किन भयो भन्ने भिक्टोरिया प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना निकै दुखद भएको प्रहरीले जनाएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ