Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रहरीको रासनमा १५ प्रतिशत वृद्धी, राज्यकोषमा वार्षिक १ अर्व १७ करोडको दायित्व

प्रहरीको रासनमा १५ प्रतिशत वृद्धी, राज्यकोषमा वार्षिक १ अर्व १७ करोडको दायित्व


काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन वृद्धि हुने भएको छ । १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको हो । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गर्नुभएका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गर्नुभएको छ ।

यसअघि रासन वृद्धि घोषणा गरिएपनि आवश्यक पर्ने बजेट विनियोजन नगरिएकै कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन । नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा वर्षमा १ अर्ब १७ करोड बराबरको दायित्व थप हुने देखिएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।

देउवा सरकारका अर्थमन्त्री शर्माले रासन बृद्धिको व्यवहारिक कार्यान्वयन थालेपछि प्रहरी संगठनका कर्मचारीहरु खुसी भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ