Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबानेश्वरदेखी गोदावरीसम्म अध्यक्ष ओलीको ‘देवत्वकरण’ किन बढ्दैछ एमालेमा व्यक्तिवाद ?

बानेश्वरदेखी गोदावरीसम्म अध्यक्ष ओलीको ‘देवत्वकरण’ किन बढ्दैछ एमालेमा व्यक्तिवाद ?


काठमाडौं । कम्युनिष्ट पार्टीहरुले आफूलाई सधै भन्ने गर्छन् सर्वहाराको पार्टी । अनि जप्ने गर्छन सधैं बर्गीय मुक्तीको नारा । तर, नेपालका कम्युनिष्ट पार्टीका नेताहरु सुकिला मुकिला बन्न र आलीसान महलको बासमा रमाउन थालेको धेरै समय भयो । अझ, ब्यक्तिगत स्वार्थ र आफन्तबादले ग्रस्त नेताहरु देश र सम्बृद्धिको गफमै हराइरहेका छन् ।

सामान्य नागरिक अझ भन्नुपर्दा सर्वहाराको जीवनशैली परिवर्तन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर देशकै ठूलो पार्टी बनेको नेकपा एमालेमा ब्यक्तीबादी हाबी हुँदा पार्टी नै फुट्यो । कम्युनिष्ट नेताहरुको भड्कीलो जीवनशैली र तामझाम नगर्ने भन्दै आचारसंहिता नै बनाएका छन् । तर, आचारसंहिता रद्धीको टोकरीमा फालिएको छ । एमालेको प्रथम विधान महाधिवेशनको तडकभडक र तामझाम हेर्दा लाग्छ पार्टीमा अझै ब्यक्तीबादी हाबी गराउन नेता तथा कार्यकर्ता नै लागिरहेका छन् । पार्टी फुटपछि प्रतिष्पर्धी माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएपछि अध्यक्ष ओलीका कार्यकर्तालाई हाइसन्चो भएको छ । विधान महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी शर्मा ओलीको भरपुर विज्ञापन गरेर पार्टी अनुशासनकै धज्जी उडाएको छ ।

विधान महाधिवेशन सुरु नहुँदै अध्यक्ष ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै लहरै राखिएका थिए । यसबाट एमालेमा विचारको बहसभन्दा पनि नेताको ‘देवत्वकरण’ ले प्रश्रय पाएको बुझ्न थालिएको छ । बिजुलीका पोलमा मात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलिरहेको छ । हुनत् यो पहिलो पटक होइन स्मरण रहोस् यसअघि ओली सरकारमा रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिनपनि यसैगरी बिजुलीका पोलमा ओलीका तस्बिर सजाइएका थिए ।

यस्ता गतिबिधिले नेकपा एमालेको सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी बनाएको विभिन्न गतिबिधिले प्रष्ट पारेको छ । तस्बिरमा मात्र होइन, शुक्रबारको उद्घाटन सत्रमा अध्यक्ष ओली जाँदा नै एमालेका कार्यकर्ताले काठमाडौंदेखि नै ‘स्कटिङ’ गरेर कार्यक्रमस्थल पुर्याए । अरु त अरु महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसिएको थियो । कार्यक्रमस्थल जान रातारात सडकमा गिट्टी बिच्छाइयो । जनताले बर्षोदेखि सास्ती पाइरहेको सो सडकमा यतिबेला भने ओलीको तस्वीरले सजिएका छन्, केही दिन नै भएपनि ग्राबेलबाट ललितपुरबासीले राहत पाउने छन् ।

अहिलेका तडकभडकले एमालेमा पार्टीको भविश्य खोजिदैछैन, ब्यक्तीको देवत्वकरण गरिदैछ भन्ने प्रष्ट देखाएको छ । एक नम्बर पार्टी एमाले व्यक्तिवादी चरित्र हाबी भएर नै प्रतिपक्षीको भूमिकामा पुग्यो । अध्यक्ष ओली सत्ताबाट प्रतिपक्षी दलको नेताका भुमिकामा पुगे । अझ पनि एमालेमा नेता र कार्यकर्ताले व्यक्तिलाई उचालेर देवत्वकरण गर्न छोडेका छैनन् र भन्दैछन् जहाँ गएपनि एमाले जिन्दाबाद होइन ओली बा जिन्दाबाद । केपी ओली आइ लभ्यू



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ