Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन गर्ने उद्योगी एवं सांसद केसीको निधन

दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन गर्ने उद्योगी एवं सांसद केसीको निधन


पोखरा, काठमाडौं । पोखराका चर्चित उद्योगपति तथा नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति १०ः३० बजे आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको हो ।

राप्रपा नेपालमा पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । पोखरा महानगरपालिका वडा नं. १४ मा २०१४ साल जेठ १० गते जन्मिएका उद्योगपति केसी पूर्वप्रधानपञ्च समेत हुन् । उनको पालामा पोखराको भौतिक संरचनामा धेरै मुहार फेरिएको स्थानीयले बताउने गरेका छन् ।

केसीमा पहिलेदेखि मिर्गौला, सुगर र उच्च रक्तचापको समस्या रहेको र चीसो बढ्दा अचानक रक्तचाप कम भएपछि निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै भारतको नयाँ दिल्लीमा गर्दै आएको नियमित फलोअप प्रभावित भएको थियो । केसीको आजै निवासबाटै शवयात्रासहित दाहसंस्कार गरिने जनाइएको छ ।

चाउचाउ उद्योगका पायोनियर
नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिने केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो । आहा रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो ।

नेपालकै पहिलो चाउचाउ (आहा रारा) उद्योग शरु गरेका केसी २०२३ सालमा राइस मिल, २०२८ सालदेखि निर्माण व्यवसायीमा आबद्ध हुनुभयो । १४ वर्षदेखि व्यावसायिक यात्रामा होमिएका केसी सामाजिक, राजनीतिक, ऊर्जा, खाद्य, बैंकिङ, उद्योगलगायतका क्षेत्रमा सधै सफल हुँदै आउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ