Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, टर्कीमा कम्तीमा १७ जनाको मृत्यु

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, टर्कीमा कम्तीमा १७ जनाको मृत्यु


एजेन्सी । टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जानकारी गराएका छन् । टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयका अनुसार भूकम्पबाट अहिलेसम्म कम्तीमा ७०९ जना घाइते भएका छन् ।  भूकम्पपछि सयौँ पटक पराकम्पको महसुस गर्नुपरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राष्ट्रपति रेसेप टयीप एर्डोगानले टेलिभिजन मार्फत् सम्वोधन गर्दै खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन र सहयोग गर्न आह्वान गर्नुभएको छ । टर्की सरकारले त्रसित नहुन, सुरक्षा र सतर्कता अप्नाउन सवैलाई आग्रह गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार दर्जनौ घरहरु भत्केको विवरणहरु आएको र भग्नावशेषमा धेरै मानिसहरू पुरिएको हुनसक्ने आशंका सहित उद्धारकर्ताहरूले खोजीलाई तिब्रता दिएका छन् ।

अमेरिकी भूगर्भ निकायका अनुसार ७ ग्नीच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रिसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो ।बेला बेलामा भूकम्प गइरहने टर्कीमा सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा परेर १७ हजार बढी मानिसले ज्यान गुमाएका थिए । भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी भएको बताइएको छ । उनिहरुका बीचमा क्षतीको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको टर्कीको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।

यता, अफगानिस्तानमा पनि ४ दशमलब २ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी काबुलको उत्तरपूर्वी क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । अफगानिस्तानमा भने भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जानकारी गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ