Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण नियन्त्रणमा आउँदै, घट्यो संक्रमणदर

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण नियन्त्रणमा आउँदै, घट्यो संक्रमणदर


ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्स राज्यको कोरोना संक्रमण नियन्त्रण उन्मुख देखिएको छ । लगातार संक्रमण घट्दो क्रममा देखिएको भिक्टोरियामा पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३ हजार ५२७ जनाको स्वाब परीक्षणबाट यी संक्रमित पहिचान भएका हुन ।

पछिल्लो २४ घण्टाको अवधीमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । संक्रमणदर घटेपनि अझै भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या भने १४ हजार १३१ रहेको छ ।

यता, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ६७ हजार ८९३ स्वाब परीक्षणबाट यी कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लामो समयसम्म बढ्दो क्रममा देखिएको कोरोना संक्रमण अब भने नियन्त्रणमा आउने विश्वास स्वास्थ्य विभागले गरेको छ । कोरोना विरुद्धको खोप लगाउनेहरुको संख्या उच्च रहेका कारण पनि संक्रमण नियन्त्रण सहज बनेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ