Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजबाट अष्ट्रेलियामा कोरोनाको बुष्टर खोप लगाउन सुरु, यी व्यक्तिले लगाउने पाउने

आजबाट अष्ट्रेलियामा कोरोनाको बुष्टर खोप लगाउन सुरु, यी व्यक्तिले लगाउने पाउने


ब्रिजबेन । अष्ट्रेलियामा आजबाट बुस्टर खोप कार्यक्रम सुरु भएको छ । कम्तिमा ६ महिना अघि कोभिड–१९ खोपको दोस्रो डोज खोप लगाएका १८ वर्षभन्दा माथिका जो कोहीले पनि खोपको तेश्रो मात्रा (बुस्टर डोज) लगाउन पाउने छन् ।

यस्ता छन बुस्टर खोपका सर्तहरु
– ६ महिना भन्दा अघि (मे ८ भन्दा अघि ) दुईवटा COVID–19 भ्याक्सिनको डोज प्राप्त गरेका अष्ट्रेलियालीहरू बुस्टर खोपका लागि योग्य हुनेछन्

– आज बुस्टर खोपको औपचारिक सुरुवात भएपनि शनिबारसम्म यसअघि नै बुक गरिएको १ लाख ७३ हजारलाई लगाइनेछ ।

–  Pfizer र AstraZeneca खोप लगाएकाहरुले मात्रै पहिलो चरणमा बुस्टर डोज खोप लगाउन पाउने छन् ।

सरकारको विशेषज्ञ सल्लाहकार समूहले Pfizer र AstraZeneca लाई प्राथमिकता दिएको बताइएको छ । बुस्टर कार्यक्रममा समावेश गर्न मोडेर्ना भ्याक्सिन खरिद गरिएपनि सरकारी नियामक निकायबाट अन्तिम स्वीकृति हुन बाकी रहेको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोरोनाविरुद्धको खोपको दुई डोजले धेरै राम्रो सुरक्षा प्रदान गरेको दाबी गर्दै भन्नुभयो “बुस्टर डोजले पहिलो र दोस्रो डोजको प्रतिरक्षालाई अझ बलियो र लामो समयसम्म राख्न मद्धत गर्नेछ, भाइरसको फैलावट रोक्न थप मद्दत गर्दछ ।”

चौथो वा वार्षिक खोप आवश्यक छ कि छैन भनेर अहिलेसम्म कुनै विश्वव्यापी अनुसन्धान नभएको मन्त्री हन्टले बताउनुभएको छ । चिकित्सा नियामक, थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनले साना बच्चाहरूको लागि कुनै पनि COVID–19 खोपलाई अनुमति प्राप्त नभएको जनाएको छ । यो वर्ष बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउने भनिएपनि अर्को वर्षमात्रै यो अभियानको सुरुवात हुने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ