Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका कुन-कुन राज्यमा कति जनसंख्याले लगाए खोप ? अब छिट्टै बोर्डर खुल्ने

अष्ट्रेलियाका कुन-कुन राज्यमा कति जनसंख्याले लगाए खोप ? अब छिट्टै बोर्डर खुल्ने


ब्रिजबेन । अष्ट्रेलियामा ८० प्रतिशत बढी नागरिकले पूर्ण खोप लगाएसँगै जनजिवन सामान्य बन्ने आँकलन गर्न थालिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देष जारि गर्दै ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाउनु ठूलो उपलब्धी भएको भन्दै खुसियाली साट्नु भएको छ ।

अष्ट्रेलियाको संघीय सरकारले सिंगो राज्यभर नै अन्तर्राष्ट्रिय बोर्डर खोल्न चार तहको मार्गचित्र सार्वजनिक गर्ने क्रममा नै दुबै खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेपछि जनजिवन सामान्य बनाउने घोषणा गरेको थियो ।

८० प्रतिशत जनताले पूर्ण खोप लगाएपनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आउन दिने तयारीमा अष्ट्रेलियाका विभिन्न राज्यहरु जुटिरहेका छन् । सेप्टेम्बर ५ सम्मको सरकारी तथ्यांक अनुसार अष्ट्रेलियाभर १६ वर्ष माथिका दुबै भ्याक्सिन लगाएकाहरुको संख्या १ करोड ६५ लाख २९ हजार ८९७ पुगेको छ । यो जनसंख्याको ८० दशमलब २ प्रतिशत हो ।

यस्तो छ, राज्य अनुसार खोपको उपलब्धी
अष्ट्रेलियन क्यापिटल टेरोटरीमा सबैभन्दा बढी ९४ दशमलब ८ प्रतिशत, न्यु साउथ वेल्समा ८९ दशमलब ७ प्रतिशत, भिक्टोरियामा ८४ प्रतिशत, तास्मानियामा ७७ दशमलब ९ प्रतिशत, साउथ अष्ट्रेलियामा ६९ दशमलब ९ प्रतिशत, वेस्टर्न अष्ट्रेलियामा ६६ दशमलब २ प्रतिशत, नर्दन टेरोटरिमा ६६ दशमलब ३ प्रतिशत र क्विन्सल्याण्ड राज्यमा ६६ दशमलब ९ प्रतिशतले दुबै भ्याक्सिन लगाएका छन् ।

क्षेत्र र उमेर अनुसार भ्याक्सिन लगाउनेको संख्या यस्तो छ
अष्ट्रेलिया पढ्न जाने थुप्रै नेपाली विद्यार्थीहरु भिसा लागेर समेत नेपालमै अड्किएका छन् । नेपाली विद्यार्थीको ठूलो हिस्सा रहेका तीनवटा राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुला गर्ने तयारी थालिरहँदा खोप अभियानको सफलताले थप हौसला थपेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ