Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमहिला टी–२० विश्व कप क्रिकेटको उपाधि अष्ट्रेलियालाई, बन्यो छैटौँ पटक विजेता

महिला टी–२० विश्व कप क्रिकेटको उपाधि अष्ट्रेलियालाई, बन्यो छैटौँ पटक विजेता


काठमाडौं । अष्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गएराति भएको फाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेर उपाधि हात पारेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेल्दा चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रनको योगदान दिइन । अष्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान दिइन । यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०–१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २–२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एक–एक विकेट लिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ