Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२० वर्षका अष्ट्रेलियाली युवतीमध्ये आधाभन्दा बढीसँग यौन हिंसाको अनुभव !

२० वर्षका अष्ट्रेलियाली युवतीमध्ये आधाभन्दा बढीसँग यौन हिंसाको अनुभव !


ब्रिजबेन, काठमाडौं । २० वर्षका अष्ट्रेलियाली युवतीहरुमध्ये आधाभन्दा बढीले यौन हिंसाको अनुभव गरेको पाइएको छ । अष्ट्रेलियाको नेशनल रिसर्च अर्गनाइजेसन फर वुमेन्स सेफ्टी (एएनआरओडब्लुएस) को पछिल्लो अध्ययनले यो तथ्य बाहिर ल्याएको हो ।

यस्तै, ४० वर्षका एक तिहाइ महिला र ६८ र ७३ वर्षका एक चौथाई महिलाले आफ्नो जीवनको कुनै न कुनै चरणमा यौन हिंसाको अनुभव गरेको समेत नयाँ अनुसन्धानबाट पत्ता लागेको छ । यो तथ्यांकले अष्ट्रेलियाका अधिकांश महिलाहरु कुनै न कुनै रुपमा दुब्र्यबहारमा पर्नेगरेको डरलाग्दो तथ्य उजागर गरेको छ । यस्ता पीडाबाट तड्पीएर बाँचेकाहरू ३० प्रतिशत रहेको र ४० प्रतिशत महिलाहरु उच्च स्तरको आर्थिक तनाव, गरीबी, शारीरिक र मानसिक स्वास्थ्यका कारण हिंसा सहन बाध्य भएको अध्ययनबाट देखिएको छ ।

अष्ट्रेलियाको लङ्गिटुडनल स्टडी अन वुमेन्स हेल्थको तथ्यांक प्रयोग गरेर युनिभर्सिटी अफ न्युक्यासलका अनुसन्धानकर्ताहरूले यो रिपोर्ट तयार पारेका थिए । एएनआरओडब्लुएसकी प्रमुख कार्यकारी पद्मा रमणले “चकित पार्ने” तथ्याङ्कहरू अघिल्लो तथ्याङ्कको तुलनामा धेरै बढी आएको बताउनुभयो । कतिपय महिलाहरु खुल्न नचाहेकाले महिला विरुद्ध हुने दुव्यवहारको पूर्ण चित्र अझै लुकेको उहाँले बताउनुभयो । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सले प्रत्येक चार वर्षमा गर्ने व्यक्तिगत सुरक्षा सर्वेक्षणले समेत नियमित रूपमा पाँचमध्ये एक महिलाले आफ्नो जीवनकालमा यौन हिंसाको अनुभव गरेको देखाएको थियो ।

कम उमेरका महिलाहरूले यौन हिंसाको अनुभव, पहिचान र रिपोर्ट गर्ने सम्भावना बढी भएपनि हिंसा बयस्कहरुमा बढी भएको हुनसक्ने समेत आँकलन गरिएको छ । यौन, घरेलु र पारिवारिक हिंसाको रोकथाममा सक्रिय अधिकारकर्मीहरुले समेत यौन हिंसाको समस्या विकराल रहेकोतर्फ सचेत गराउँदैआएका छन् ।


ट्याग : #childhood sexual violence, #half of Australian women in their 20s have experienced sexual violence, #sexual violence is needed, #एएनआरओडब्लुएस, #युनिभर्सिटी अफ न्युक्यासल, #यौन हिंसा, #लङ्गिटुडनल स्टडी अन वुमेन्स हेल्थ अष्ट्रेलिया
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ