Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य, सेप्टेम्बर १ र २ मा क्यानबेरामा रोजगार तथा सीप सम्मेलन !

अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य, सेप्टेम्बर १ र २ मा क्यानबेरामा रोजगार तथा सीप सम्मेलन !


अष्ट्रेलिया । दक्ष कामदारको अभाव थप गहिरिदै गएपछि अष्ट्रेलिया सरकार स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारीमा जुटेको छ ।
अष्ट्रेलिया सरकारले आगामी सेप्टेम्बर १ र २ तारिखमा क्यानबेरामा आयोजना गरिने रोजगार तथा सीप सम्मेलनमार्फत आप्रवासीको संख्या हेरफेर गर्ने गृहकार्य अघि बढाएको हो ।

सरकारले कामदार अभावको समस्या समाधानका लागि स्थायी भिसाको संख्यालाई थप गर्ने छलफल अगाडी बढाएको रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले बताउनुभयो । देशमा देखिएको कामदार अभावको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँको जिकिर छ । यता, बिपक्षी पार्टी लिबरलका नेताले भने रोजगार तथा सीप सम्मेलन र सरकारको प्रतिबद्धतालाई सस्तो लोकप्रियताको फण्डा भएको दाबी गर्दैआएका छन् । कोरोना महामारिका कारण करिब दुई वर्षसम्म सीमा सील गरेको अस्ट्रेलिया यतिबेला दक्ष कामदारको अभाव मात्रै झेलिरहेको छैन थुप्रै व्यवसायहरू कामदार अभावकै कारण बन्द भएका छन् । बिशेषगरि एजकेयरमा कामदार अभावसँगै कामदार पलायनदर बढेको छ ।

महामारी अघि स्थायी भिसाका लागि १९०,००० संख्या तोकेको अष्ट्रेलिया सरकारले सन् २०१९ मा यो संख्यालाई केही कम गदै बर्सेनि १६०,००० स्थायी भिसा दिन थालेको थियो। अस्ट्रेलियाका विभिन्न सङ्गठनहरूले आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूको अवस्थाका बारेमा चासो देखाएपनि कामदार अभावको समस्या हल हुन सकेको छैन । सरकारले कामदार परिपूर्तिका लागी दक्ष कामदार अस्ट्रेलिया भित्राउने र यही रहेका अस्थायी भिसा भएकालाई स्थायी बसोबासका लागी सहजिकरण गर्ने बताउँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ