Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगोप्य निगरानी गर्ने सफ्टवेयर बनाउने अष्ट्रेलियाली युवा पक्राउ !

गोप्य निगरानी गर्ने सफ्टवेयर बनाउने अष्ट्रेलियाली युवा पक्राउ !

स्पाइवेयर मार्फत अपराधीलाई सघाएको समेत अभियोग


ब्रिजबेन, अष्ट्रेलिया । र्याट (RAT) नामक स्पाइवेयर विकास गरेर आफ्नै गलफ्रेन्डको गोप्य निगरानी गर्ने अष्ट्रेलियाका २४ वर्षीय युवा पक्राउ परेका छन् । उनीमाथी स्पाइवेयर विकास गरेर घरेलु हिंसाका अपराधीहरू र अन्य अपराधीलाई सहयोग गर्दैआएको अभियो समेत लगाइएको छ । अष्ट्रेलिया संघीय प्रहरी एएफपीले स्पाइवेयर बनाएर गर्लफ्रेण्डको निगरानी र बिक्री गरेर विश्वव्यापी कानूनको उल्लंघन अभियोगमा २४ वर्षीय युवामाथी कानुनी कारबाही अघि बढाएको हो ।

एएफपीले अहिलेसम्म १४ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक पक्राउ परेका युवाले १५ वर्षको उमेरमा रिमोट एक्सेस ट्रोजन (आरएटी) सिर्जना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १४ जना मध्ये ११ जना घरेलु हिंसामा संलग्न, एकजना बाल यौनदुराचार समेतमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ब्रिजबेन अदालतमा जुलाई २९ मा पेसी तोकिएको यो मुद्धाको पेसी स्थगित भएर अगस्त १९ मा पुगेपनि प्रहरीले बाँकी अनुसन्धान जारी रहने जनाएको छ । यो गिरोहले बेचेको डिभाइसमार्फत अष्ट्रेलियाका ४४ जना पीडीतको पहिचान भएको विश्वका १२८ देशका १४ हजार ५ सय भन्दा बढीको हातमा रिमोट एक्सेस ट्रोजन (आरएटी) पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपराधीका लागि सहयोगी बन्ने डिभाइसको उच्च खरिद घरेलु हिंसामा संलग्नले गरेका छन् । डिभाइस बेचेर यो गिरोहले ४ लाख डलर हाहारि आम्दानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डिभाइस किन्न अष्ट्रेलियन ३५ र अष्ट्रेलियन २५ डलर पर्ने बताइएको छ ।

यसरी थालिएको थियो अनुसन्धान
एएफपीले सन् २०१७ मा साइबर सेक्युरिटी फर्म पालो अल्टो नेटवर्क्स र एफबीआईबाट शंकास्पद र्याट बारे जानकारी प्राप्त गरेपछि अपरेशन सेफियस सुरु गरेको थियो । सन् २०१९ अक्टोबर मा एएफपीले अष्ट्रेलियाली राज्य र क्षेत्रीय साझेदारहरूलाई जानकारिका लागि संदिग्धहरूको बारेमा एक खुफिया बुलेटिन जारी ग¥यो । विश्वव्यापी अनुसन्धानका क्रममा युरोपका एक दर्जनभन्दा बढी कानून प्रवर्तन एजेन्सीहरू जोडिए । विश्वव्यापी रूपमा ८५ खोज वारेन्टहरू कार्यान्वयन गरिएको र ४३४ यन्त्रहरू जफत गरिएको एएफपीले जनाएको छ । सन् २०१९ मै एएफपीले र्याट बन्द गराएपछि विश्वभरका सबै उपकरणहरूमा सञ्चालन बन्द भएको थियो । गत जुलाई २२ मा एएफपी अन्वेषकहरूले मेलबर्नको फ्रान्कस्टन घरमा बस्दैआउनुभएकी ४२ वर्षिया महिलालाई र्याट खरिद बिक्रिमा सहयोगी रहेको अभियोगमा पक्राउ गरेपछि यसबारे थप तथ्य उजागर भएको थियो । प्रहरी अनुसन्धान अझै जारी रहेको बताइएको छ ।

डिभाइस जडानपछि के-के गरिन्थ्यो त ?
एक पटक पीडितको कम्प्युटरमा र्याट स्थापना गरेपछि प्रयोगकर्ताहरूले पीडितको कम्प्युटर, मोवाईल लगायतका कजेट नियन्त्रण गर्न सक्थे । व्यक्तिगत जानकारी चोर्न र यन्त्रहरूमा रहेका वेबक्यामहरू र माइक्रोफोनहरू खोलेर जासूसी गर्न मिल्थ्यो । यसको जानकारी प्रयोगकर्ताले पाउँथेनन । प्रयोगकर्ताहरूले इमेल र अन्य कागजातहरूमा के लेख्थे देखी उनीहरुको घर, अफिसको ठेगाना समेत डिभाइसबाट हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका युवाले आफूले बनाएको स्पाइवेयरको परिक्षण सबैभन्दा पहिला आफ्नै गलफ्रेण्डमाथी गरेका थिए । गलैफ्रेण्डको निगरानीकै लागि र्याट नामक डिभाइस बनाएको र पछि बिक्रिवितरण मार्फत यसको प्रयोग विश्वव्यापी बन्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एएफपीले विश्वभर दशौं हजार पीडित भएको आशंकासहित अनुसन्धान गरिरहेको छ । अदालतको पेशी सरेपनि प्रहरीले आन्तरिक अनुसन्धान र अन्य संलग्नहरुको खोजी गरिरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ