Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपोर्चुगल पठाईदिने भन्दै साढे ३३ लाख ठगी

पोर्चुगल पठाईदिने भन्दै साढे ३३ लाख ठगी


काठमाडौं/पोर्चुगल पठाईदिने भन्दै साढे ३३ लाख रुपैया ठगी गरेको आरोपमा काठमाडौंमा एक जना समातिएका छन् ।
काठमाडौं प्रहरीले टोखाका रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठलाई पक्राउ गरेको हो । उनीमाथी तनहुँकी सुकमाया गुरुङ लगायत ८ जनालाए पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको छ ।

रोहितले गोष्ठीका लागि पोर्चुगलको भिषा लगाईदिने र पुगेपछि काम पनि खोजीदिने भन्दै पैसा उठाएको प्रहरी विज्ञप्तीमा उल्लेख छ । रोजितले ठगि गर्न पोर्चुगलको भिषा र हवाई टिकट समेत नक्कली बनाएको प्रहरीको भनाई छ ।


ट्याग : #nepal, #Portugal
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ