Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजुन १८ र १९ मा ब्रिजबेनमा टेनिस च्याम्पियनसिप आयोजना हुँदै !

जुन १८ र १९ मा ब्रिजबेनमा टेनिस च्याम्पियनसिप आयोजना हुँदै !


ब्रिजबेन, अष्ट्रेलिया । नेपाली अस्ट्रेलियन टेनिस क्लब ब्रिसबेनको आयोजनामा जुन १८ र १९ मा टेनिस च्याम्पियनसिप आयोजना हुने भएको छ । च्याम्पियनसिप लिग ब्रिजबेनको क्वीन्सल्याण्ड टेनिस सेन्टरमा आयोजना हुन लागेको हो ।

च्याम्पियनसिपमा न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड, भिक्टोरिया र नर्दन टेरिटोरीका टेनिस खेलाडीहरु सहभागि हुने आयोजक क्लबका अध्यक्ष म्याक बिष्टले जानकारि दिनुभयो । शनिबार १८ गते प्रारम्भिक राउण्ड र क्वाटरफाइनलका खेलहरु हुनेछन् । सेमिफाइनल र फाइनल खेलहरु जुन १९ गते आइतबार हुनेछन् । समूह ए, बी र सीमा वर्गीकरण गरेर खेलहरु हुनेछन् । प्रतियोगिताकै क्रममा बच्चा, र ४५ वर्ष वा माथिका ज्येष्ठ नागरिकका लागि समेत अन्य कार्यक्रमहरु आयोना हुने बताइएको छ । प्रतियोगितामा अतिथिका रुपमा टेनिस क्विन्सल्याण्ड बोर्ड, टेनिसका वरिष्ठ खेलाडी एवंम प्रतिक्षकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपाली अस्ट्रेलियन टेनिस क्लब ब्रिसबेनका अध्यक्ष बिष्टले फिटनेस, युवा पुस्तालाई प्रेरित गर्नु र टेनिसलाई प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । टेनिस क्लब रमाइलो, फिटनेस र सामाजका लागि टेनिस नारासहित क्रियाशिल रहँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ