Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकर छली र कोभिड सहायत रकम बदमासी आरोपमा ट्याक्स एजेण्ट पक्राउ

कर छली र कोभिड सहायत रकम बदमासी आरोपमा ट्याक्स एजेण्ट पक्राउ


सिड्नी/ ६ लाख डलर भन्दा बढी रकम करछली गरेको भन्दै न्यु साउथ वेल्स राज्यको ग्रिनपोइन्टमा एक जना ट्याक्स एजेण्ट समातिएका छन् । न्युसाउथ वेल्स प्रहरीको फानान्सीयल क्राइम स्क्वाडले ती एजेण्टको घर र कार्यलयमा छापा मारी कागजपत्र र कम्युटर जफत गरि थप अनुसन्धान गरिरहेको विज्ञप्तीमा जनाएको छ ।

५४ वर्षिय ती ट्याक्स एजेण्टलाई जानाजान छलगरी आर्थिक लाभ लिएको आरोपमा प्रहरीले मुद्धा चलाएको छ । यी ट्याक्स एजेण्टले आफ्नो ग्राहकलाई थाहा नै नदिई नक्कली कागजात पेश गरि कर विवरण भरेर आर्थिक फाइदा लिएको प्रहरीको आरोप छ । त्यस्तै उनले आफ्ना ग्राहकको नाममा नक्कली कागजात पेश गरेर कोभिड जब किपर योजना अन्तगर्त पैसा लिएको समेत प्रहरी आरोप छ । शुक्रबार स्थानिय अदालतमा यस विषयमा सुनुवाई हुदैछ ।


ट्याग : #nepali news, #sydney, #tax agent
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ