Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले हटायो भेरोसेल खोपको उमेर हद, ६० कटेका पनि आउन पाउने

अष्ट्रेलियाले हटायो भेरोसेल खोपको उमेर हद, ६० कटेका पनि आउन पाउने


ब्रिजवेन/ यसअघि चिनियाँ खोप भेरोसेलमाथी लगाइएको ६० वर्षे उमेर हदलाई अष्ट्रेलियाले हटाएको छ । यसको मतलब अब सिनोफाम समेत भनिने यो खोपको दुबै मात्रा लगाएका ६० वर्ष कटेका मानिसले समेत अष्ट्रेलिया यात्राका लागि अनुमति पाउने भएको हो ।

यसअघि अष्ट्रेलियाको थेराप्युटिक गुुड्स एडमिनिष्ट्रेसन टिजिएले यो खोप लगाएका र ६० वर्ष उमेर कटेकाहरुको हकमा पुर्ण खोपको मान्यता दिएको थिएन । तर, वृद्ध मानिसमा यस खोपको प्रभावकारिता मुल्यांकन गरेपछि सुरक्षित देखिएकाले उमेर हद हटाइएको टिजिएले विज्ञप्तीमा भनेको छ ।

नेपालमा भेरोसेल खोप लगाएका र ६० वर्ष कटेका मानिसहरुको संख्या उलेख्य छ । यहि प्रावधानका कारण उनीहरु आफ्ना आफन्त र सन्तान भेट्नका लागि अष्ट्रेलिया आउन पाएका थिएनन् । दुबै भेरोसेल खोप लगाइसकेकाहरुले समेत अष्ट्रेलिया आउन कै लागि थप जोनसन एण्ड जोनसनको खोप लगाएको समेत भेटिएको थियो । अब भने त्यस्तो झण्झट हट्ने भएको छ । अष्ट्रेलियाले यात्रा अनुमतिका लागि टिजिएले मान्यता दिएको खोपको पुर्ण मात्रा लगाउनुपर्ने अनिवार्य नियम लगाएको छ ।

अष्ट्रेलियाले यात्रा अनुमतिका मान्यता दिएका खोपहरु यसप्रकार छन् ।


ट्याग : #Australia, #corona vaccine, #vero cell
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ