Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा शनिवार संघिय निर्वाचन, १ करोड २२ लाख मतदाता

अष्ट्रेलियामा शनिवार संघिय निर्वाचन, १ करोड २२ लाख मतदाता

आइसोलेसनमा बसेकाले फोनबाटै मतदात गर्न सक्ने


ब्रिजवेन/ मे २१ तारिख शनिवार अष्ट्रेलियामा संघिय निर्वाचन हुदैछ । हरेक तीन वर्षमा हुने निर्वाचनमा यसपाली १ करोड ७२ लाख ८ हजार ९ सय मतदाता छन् । चुनाव मे २१ मा भएपनि यसअघि नै हुलाकबाट गरिने मतदान र समय अघि नै गरिने अर्लि भोटिङ भने एक साता अघि नै सुरु भइसकेको छ ।

संघिय संसद हाउस अफ रेप्रिजेन्टेटिभको १ सय ५१ सिटमा देशभरबाट १२ सय ३ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये ९ सय ६६ जना पुुरुष, ६सय ४८ महिना र १० जना अन्य उमेद्वारहरु छन् ।  मतदानका लागि देशभर ८ हजार मतदान केन्द्रहरु स्थापना गरिएको अष्ट्रेलियन निर्वाचन आयोगले जनाएको छ ।  त्यस्तै कोभिड संक्रमण भएका वा आइसोलेसनमा बसेकाहरुले समेत हुलाकमार्फत भोट गर्न सक्नेछन् । उनीहरुले फोनमार्फत समेत भोट हाल्न सक्नेछन् । जसका लागि यहि बुधबार र शनिवारको बिचमा निर्वाचन आयोगमा फोन गर्न सक्नेछन् ।

अष्ट्रेलियामा मतदान अनिवार्य छ । चुनावमा मतदान नगरे जरिवाना हुन्छ । अष्ट्रेलियामा विदेशमा रहेका आफ्ना नागरिकलाई पनि मतदान गर्ने व्यवस्था गरेको छ । केही देशमा त मतदान केन्द्रहरु नै स्थापना गरिएको छ । मतदान केन्द्र नभएको देशमा रहेका नागरिकहरुले हुलाकमार्फत मतदान गर्न सक्नेछन् ।

अष्ट्रेलियामा बहुुमतको सरकार गठन गर्नका लागि १ सय ५१ मध्ये कम्तिमा ७६ सिट जित्नुुपर्छ । यसपाली पनि संघिय सांसदमा सत्तारुढ दल लिवरलको तर्फबाट सिड्नीमा नेपालीमुलका विनोद पौडेल उमेद्वार छन् । सन् २०१८ मा भएको संघिय निर्वाचनमा पहिलो पटक नेपालीमूलका पिजे श्रेष्ठले लिभलरबाटै संघिय निर्वाचनमा टिकट पाएका थिए । उनले जित हासिल गर्न नसकेपनि पिजेको उमेद्वारीले नेपाली समुदायलाई अष्ट्रेलियाको मुलधारको राजनीतिमा ल्याउन ढोका खोलिदिएको छ ।


ट्याग : #australia election 2022, #Federal election 2022 australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ