Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा व्यवसायीक तथा प्राविधिक शिक्षा, नेपालमा दुई दिने कार्यशाला गोष्ठी !

अष्ट्रेलियामा व्यवसायीक तथा प्राविधिक शिक्षा, नेपालमा दुई दिने कार्यशाला गोष्ठी !


काठमाडौं । अष्ट्रेलियामा व्यवसायीक तथा प्राविधिक शिक्षा दिँदै आएको रोयल ग्रीनहिल इन्स्टिच्युट अफ टेक्नोलोजी Royal Greenhill Institute of Technology (RGIT) र अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया Ultimate Institute of Australia  (UIA) ले संयुक्त रुपमा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेका छन् ।

चन्द्रागिरी हिल्स लिमिटेडमा दुई दिनसम्म चलेको कार्यशालामा सहभागीलाई अष्ट्रेलियाको शैक्षिक नीति तथा नियमावलीका बारेमा जानकारी गराइएको संस्थाका कार्यकारी अधिकृत (सिइओ) चन्द्र योञ्जनले जानकारि दिनुभयो । संस्थाका प्रबन्ध निर्देशक (एमडी) रवी योञ्जनले आरजिआइटी र युआइएको नेपालमा रहेको टिमलाई संस्थाको सेल्स स्ट्राटिजि र पोलिसिका बारेमा जानकारि गराउनुभएको थियो । आरजिआइटी र युआइएमा नेपाली विद्यार्थीको आकर्षक बढाउनका लागि अष्ट्रेलियाको शिक्षा नीतिका बारेमा एजेन्ट तथा विद्यार्थीलाई ज्ञान बाढ्नुपर्नेमा कार्याशालाका वक्ताहरुले जोड दिनुभएको थियो । अष्ट्रेलियाको शैक्षिक नियम तथा निमावलीका बारेमा जानकारी नहुँदा बिगतमा धेरै समस्या आएकाले कार्यशाला गरेर समस्याको समाधान खोजिएको बताइएको छ ।

आरजिआइटी र युआइएका लागि नेपाली बजार राम्रो अवसर भएको भन्दै आफ्ना प्रतिस्पर्धीलाई मध्यनजर गर्दै बजार प्रतिनिधिले काम गर्नुपर्नेमा संस्थाका सञ्चालकहरुले जोड दिनुभएको थियो । कार्यशाला गोष्ठीमा आरजिआइटी र युआइएका विभिन्न विभागका कर्मचारीले आ–आफ्नो प्रस्तुतीकरण राखेका थिए । संस्थाले आरजिआइटी र युआइएको नेपाल शाखामा रहेर उत्कृष्ट काम गरे बापत दुई कर्मचारीलाई पुरस्कृत समेत गरेको छ ।

RGIT र UIA ले कसरी विस्ता गरिरहेका छन आफ्नो शिक्षा ?
सन् २००८ मा स्थापना भएको यस संस्थाले १४ औँ वसन्त पार गरिसकेको छ । गोर्खाज इन्स्टिच्युट अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्टको रूपमा आफ्नो यात्रा सुरु गरेको आरजीआइटीले सन २०१० मा आफ्नो नाम परिवर्तन गरेको थियो । अष्ट्रेलियमा मात्र सिमित भएको यो संस्थालाई अन्य देशमा पनि विस्तार गर्ने उदेश्यका साथ नाम परिवर्तन गरिएको थियो । अष्ट्रेलियामा उच्च शिक्षाको सपना बोकेर त्यहाँ जाने नेपालीहरू लगायत चिनियाँ, कोरियन, भियतनामी र अन्य अफ्रिकी देशहरूका विद्यार्थीलाई पनि यस संस्थाले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । अहिले यस शिक्षालयमा विभिन्न ४५ देशका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । आरजीआईटीले अष्ट्रेलियाको मेलबर्न र होबार्टमा आफ्नै सुविधा सम्पन्न भवन बनाउन सफल भएको छ ।

संस्थाले अहिले विभिन्न २६ प्रकारका विषयहरू विद्यार्थीलाई अध्यापन गराइरहेको छ । ती मध्ये साइबर सेक्युरिटी, सूचना प्रविधि, नर्सिङ, बिजनेस एण्ड म्यानेजमेन्ट, इंग्लिस, कम्युनिटी सर्भिस, चाइल्डकेयर एजुकेशन र मेन्टल हेल्थ लोकप्रीय रहेका छन् । संस्थाले अष्ट्रेलियाको बजारमा मानवशक्तिको आवश्यकता पूर्ति गर्ने उद्देश्यसहित ठूलो माग भएका विषयहरू अध्यापनमा जोड दिदैआएको छ । यस्तै अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआईए) ले व्यवसायीक क्षेत्रका विभिन्न विषयमा अध्यापन गराउँदैआएको छ । पछिल्ला वर्षहरूमा अष्ट्रेलियामा रहेको कार्यालयलाई नेपालको शाखाले महत्वपूर्ण सहयोग गरिरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ