Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक नेपाली युवक मृत भेटिए, शव पठाउन सहयोग संकलन

सिड्नीमा एक नेपाली युवक मृत भेटिए, शव पठाउन सहयोग संकलन


सिड्नी/अष्ट्रेलियामा एक नेपाली युवक आफ्नै कोठामा मृत भेटिएका छन् । मंगलबार साझ नर्थ सिड्नीको च्यासवुडमा २४ वर्षिय धिरज रानाभाट मृत भेटिएको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सले जनाएको छ ।

चितवन स्थाई घर भएका धिरज अध्ययनका लागि ४ वर्ष अघि सिड्नी गएका थिए । ब्याचलर इन आइटी पढ्न गएका धिरज भिषाका कारण पछिल्लो समय तनावमा रहेको बुझिएको छ । धिरजको नजिकको साथीलाई उदृत गर्दै असपाली ग्रुपका संचालक सबिनजंग क्षेत्रीले भिषा र आर्थिक समस्याले उनी पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको जानकारी दिनुभयो ।

धिरजको शव नेपाल पठाउन सहयोग गर्ने हो भने यो लिक थिच्नुहोस्

धिरजको शव नेपाल पठाउनका लागि असपाली समुहले गो फण्ड मिमार्फत सहयोग संकलन समेत गरिरहेको छ । २० हजार डलर उठाउने लक्ष्य राखिएको छ, यो समाचार सामाग्री तयार पार्दासम्म ५ हजार डलर संकलन भइसकेको छ । शव पठाएर बाकी रहेको पैसा परिवारलाई हस्तान्तरण गरिने असपालीका क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तो घटना हुनु दुखद भएको भन्दै कुनै पनि समस्या भएमा तत्कालै एनआरएनए वा अन्य सहयोगी निकायसमक्ष सम्पर्क गर्न एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले बताउनुभयो । समयमै थाहा पाएमा यस्ता घटना हुनबाट रोक्न सकिने भएकाले सहयोग माग्न हिचकिचाउन नहुने समेत गुरुङको भनाई छ ।
केही महिना अघि पनि सिड्नीमा २ र पर्थमा १ गरि  ३ जना नेपाली मृत भेटिएका थिए । धिरजको शव नेपाल पठाउन सहयोग गर्ने हो भने यो लिक थिच्नुहोस्

Lifeline – 13 11 14

Provides 24/7 crisis support and suicide prevention services.

beyondblue – 1300 224 636

Provides information and support to help everyone in Australia achieve their best possible mental health, whatever their age and wherever they live.

Carers Australia – 1800 242 636

Short-term counselling and emotional and psychological support services for carers and their families in each state and territory.

Kids Helpline – 1800 551 800

A free, private and confidential, telephone and online counselling service specifically for young people aged between 5 and 25.

MensLine Australia – 1300 789 978

A telephone and online support, information and referral service, helping men to deal with relationship problems in a practical and effective way.


ट्याग : #Australia, #Dhiraj, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ