Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा मे २१ मा संघीय निर्वाचन हुँदै, सत्ता परिवर्तन होला कि निरन्तरता ?

अष्ट्रेलियामा मे २१ मा संघीय निर्वाचन हुँदै, सत्ता परिवर्तन होला कि निरन्तरता ?


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा मे २१ मा संघीय निर्वाचन हुने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले गभर्नर जनरलसँगको परामर्शपछि मे २१ म संघीय निर्वाचन घोषणा गर्नुभएको हो ।

मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा अहिले ७६ सिट छ । यो संख्या अष्ट्रेलियामा सरकार बनाउन पुग्ने बहुमत संख्या हो । चुनाव घोषणासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो सरकारबाट केही कमजोरी भएको स्वीकार गर्दै आर्थिक योजना, भविष्यको तयारी लगायतलाई ध्यान दिएर लिबरल पार्टीलाई नै आगामी नेतृत्वका लागि जिताउन अष्ट्रेलियाली मतदातालाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री स्कट मोरिसनमाथि विभिन्न आरोप लागेपछि लोकप्रियता घटेको छ । पछिल्लो नौ संसदीय निर्वाचनमध्ये सात वटामा जित हासिल गरे पनि स्कट मोरिसनको पार्टीलाई आगामी चुनाव जितेर सत्तामा स्थापित हुन गाह्रो हुने राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् ।

कस्तो हुँदैछ त अष्ट्रेलियाको निर्वाचन प्रक्षेपण ?
अष्ट्रेलियामा गरिएका पछिल्ला चुनावी सर्वेक्षणले यतिबेला विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने देखाएको छ । गत चुनावमा स्कट मोरिसनले सबै चुनावी मत परिणाममा हारको डरका बाबजुद पनि चुनाव जितेका सर्वेक्षण अनुसारकै नतिजा आउने नआउने निश्चित भने छैन । सरकार बनाउँन संसदमा रहेको १ सय ५१ सिटमध्ये ७६ सिट जित्नुपर्ने हुन्छ । लेबर पार्टीसँग अहिले ६८ सांसद रहेका छन् । यस्तै ग्रिन पार्टीको एक सिट रहेको छ ।

लेबर पार्टीलाई आगामी चुनाव जितेर सत्तामा स्थापित हुन थप ७ सिटको आवश्यकता पर्नेछ । चुनावी सर्वेक्षणहरुले लेबर पार्टीले आफ्नो पक्षमा थप १७ सिट कब्जा गर्ने देखाएका छन् । लिबरल पार्टी हाल कायम रहेको आफ्नो ७६ सिटलाई बचाउने चुनौतीमा गुज्रिएको छ । मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्रीका रुपमा क्रियाशिल हुनुहुन्छ ।


ट्याग : #australia election 2022, #federal election for 21 May, #Labor Party, #Prime Minister Scott Morrison
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ