Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली दूतावासको भवन बन्दै, १ अर्ब ३ करोड खर्च लाग्ने अनुमान

अष्ट्रेलियामा नेपाली दूतावासको भवन बन्दै, १ अर्ब ३ करोड खर्च लाग्ने अनुमान


क्यानबेरा/अष्ट्रेलियाको राजधानीको क्यानबेरामा नेपाली दूतावासको भवन बन्ने भएको छ । दूतावासको भवन निमार्णका लागि १ करोड २० लाख अष्ट्रेलियन डलर (फेब्रुअरी २४ को अनुसार १ अर्ब ३ करोड रुपैया ) खर्च लाग्ने अनुमान गरिएको छ । आज दूतावासले भवनको नक्सा (डिजाइन) र योजना सार्वजनिक गरेको हो । अष्ट्रेलियाका लागि नेपाली कार्यबहाक राजदूत द्रुपदा सापकोटाले भवन बनाउने बिस्तृत योजना तयार भएर, निर्माण कम्पनी छान्ने बोलपत्र आव्हान गर्ने तयारीमा रहेको बताउनुभयो ।

दूतावास परिसर भित्र नेपाली शैलीमा ४ वटा भवन निमार्ण हुने दूतावासले जनाएको छ । भवनको नक्सा बनाउन दूतावासले स्थानिय परामर्श कम्पनी फ्युजन माइक्राइस जेभीलाई जिम्मा दिएको थियो । भवनको नक्सा, डिजाइन र परामर्शका लागि मात्रै ५ लाख डलर खर्च भएको कार्यबाहक राजदूत सापकोटाले जानकारी दिनुभयो ।

कार्यबहाक राजदूतलाई भवनको नक्सा र डिजाइन हस्तान्तरण गरिदै

आवश्यक पर्ने बजेट विनियोजनका लागि दूतावासले नेपाल सरकारसंग पहल गरिरहेको छ । बजार भाउ बढेकोले भवन निमार्णको लागत केही बढ्न सक्ने अनुमान गरिएकाले तत्कालै कत्ति बजेट लाग्छ भनेर सार्वजनिक नगरिएको कार्यबहाक राजदूत सापकोटाको भनाई छ । तर, नेपालट्युबसंग कुरा गर्दै दूतावास स्रोतले कम्तिमा पनि १ करोड २० लाख डलर खर्च हुने अनुमान गरिएको जानकारी दियो ।

अबको एक महिनाभित्र बिल्डर अर्थात भवन निमार्ण कम्पनीका लागि बोलपत्र आव्हान गर्ने तयारी दूतावासको छ । भवन निर्माणको लागि नेपालको सार्वजनिक खरिद ऐनरनियम र अष्ट्रेलियाको ऐनरनियम पालना गरिने दूतावासको विज्ञप्तीमा उल्लेख छ ।’भवनका लागि यसअघि नै क्यानबेरामा ६ हजार १९८ बर्गमिटर जग्गा खरिद भइसकेको छ । अष्ट्रेलियन सरकारको सहुलियतमा ९९ सय वर्षका लागि १२ लाख डलरमा जग्गा खरिद गरिएको हो ।

दूतावासको भवनका लागि किनिएको जग्गा

दूतावासले जुलाई वा अगष्ट महिनाबाट भवन निर्माण थाल्ने तयारी गरेको छ । निर्माण सुरु भएको तीन वर्ष भित्रमा सम्पन्न गर्ने समेत विज्ञप्तीमा भनिएको छ । भवन निमार्णका लागि दूतावासले पराराष्ट्र मन्त्रालय, शहरी विकास तथा भवन निमार्ण विभागसंग निरन्तर समन्वय गरेको समेत विज्ञप्तीमा भनिएको छ । अष्ट्रेलियाको नेपाली दूतावास झण्डै एक वर्षदेखि राजदूतविहिन छ ।


ट्याग : #Australia, #nepal, #nepali embassy
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ