Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल र अष्ट्रेलियाबिच २ खर्ब रुपैयाँ बढीको कारोबार, न सिधा उडान, न राजदूत

नेपाल र अष्ट्रेलियाबिच २ खर्ब रुपैयाँ बढीको कारोबार, न सिधा उडान, न राजदूत


ब्रिजवेन/ नेपाल र अष्ट्रेलियाबिच कुटनैतिक सम्बन्ध बिस्तार भएको ६२ वर्ष पुगेको छ । सन् १९६० फेब्रुअरी १५ तारिखमा कुटनैतिक सम्बन्ध गासिएको भएपनि अष्ट्रेलियाले २४ वर्षपछि सन् १९८४ मा मात्र काठमाडौंमा आवासिय राजदूतावास स्थापना गरेको थियो । नेपालले भने सन् २००७ मा मात्रै क्यानबेरामा दूतावास स्थापना गरेको हो ।

हिमालयको देश नेपाल र प्यासिफिक देश अष्ट्रेलियाबिच सधै एउटा असल मित्रको सम्बन्ध रहदै आएको छ । एकअर्कालाई दुख पर्दा यी राष्ट्र सधै सहयोगका लागि अगाडी आएको देखिन्छ । गत आर्थिक वर्षमा अष्ट्रेलियाले नेपालको विकासका लागि २१ मिलियन डल। दिएको छ । कोभिडको समयमा होस् भूकम्पका बेलामा अष्ट्रेलियाले नेपाललाई सहयोग गर्दै आएको छ ।

नेपाल र अष्ट्रेलियाबिच वर्षमा नेपाल र अष्ट्रेलियाबिच २ खर्ब ६ अर्ब रुपैयाभन्दा बढीको कारोबार हुन्छ । नेपालले अष्ट्रेलियालाई चिया, कफी, खाने तेल, छाला, कपडा र गलैचा जस्ता उत्पादन गर्दै आएको छ । विकासउन्मुख देश भएकाले नेपालको उत्पादनलाई अष्ट्रेलियाले करमा छुट समेत दिदै आएको छ । वार्षिक ५० हजार भन्दा बढी नेपाली विद्यार्थी उच्च शिक्षाका लागि अष्ट्रेलिया पढ्न आउछन् । नेपाल र अष्ट्रेलियाबिच हुने कारोवारमा विद्यार्थीले तिर्ने शुल्कको हिस्सा ठुलो छ ।

अष्ट्रेलियामा सबैभन्दा धेरै आउने विदेशी विद्यार्थीहरुको तुलनामा नेपाल चीन र भारतपछि तेस्रो स्थानमा छ । वार्षिक २ दशमलब ४ बिलियन डलरको कारोबारमा १ बिलियन डलर त विद्यँर्थीसंग सम्बन्धीत छ ।

उसो त अष्ट्रेलियाले पनि नेपाललाई पेट्रेलियम पदाथ, दूध जन्य खानेकुरा, कोल्ड डिग्स र तरकारीहरु बेच्दै आएको छ । नेपालमा वैदेशिक लगानी भित्र्याउने देश मध्ये अष्ट्रेलिया १० औ ठुलो राष्ट हो । नेपालको विभिन्न ६१ वटा उद्योगमा अष्ट्रेलियाको लगानी छ जसमा १६ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

पर्यटनको क्षेत्रमा भने नेपालले अष्ट्रेलियाबाट फाइदा लिन सकेको छैन । वार्षिक ३० हजारको हाराहारीमा मात्रै अष्ट्रेलियालीहरु नेपाल घुम्न जान्छन् । त्यसमा पनि आधा जति त नेपालीमुलका अष्ट्रेलियाली हुन् । धेरै घुम्नेमध्येमा पर्छन अष्ट्रेलियालीहरु । नेपालको सुन्दरता, सांस्कृतिक धरोहर र संस्कृतिको बारेमा अष्ट्रेलियामा प्रचारप्रसार गर्न सकिए, वर्षमा लाखौ पर्यटक अष्ट्रेलियाबाट भित्र्याउन सकिन्छ ।

अष्ट्रेलियामा २ लाख बढी नेपाली बसोबास गर्छन् । पछिल्लो समय नेपालका बारेमा अष्ट्रेलियालीहरुले पनि चासो दिने गरेका छन् । तर, सिधा हवाई उडान नहुदा यी दुई देशको यात्रा झन्झटिलो छ । कोरोना भन्दा अगाडी नै यी दुई देशबिच सिधा हवाई उडान गर्ने सम्झौता नभएको होइन । तर, कोरोनाको महामारी तथा लामो समय देखि राजदूत पद नै रिक्त रहदा यो सम्झौता कार्यन्वयनमा ढिलाई भइरहेको छ ।
न्युजिल्याण्ड र फिजी समेत हेर्नुपर्ने अष्ट्रेलियाको नेपाली राजदूत पद अस्थिरताको सिकार बनिदिदा यस भेगमा नेपालको कुटनीति  कमजोर बनेको छ ।


ट्याग : #Australia, #nepal
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ