Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा घट्दै कोरोना संक्रमण, प्रतिबन्ध नगरि नियन्त्रणमा लिने सरकारी रणनीति

अष्ट्रेलियामा घट्दै कोरोना संक्रमण, प्रतिबन्ध नगरि नियन्त्रणमा लिने सरकारी रणनीति


ब्रिजबेन, अष्ट्रेलिया । दैनिक कोरोना संक्रमितको संख्या ८० हजार माथी पुगेको अष्ट्रेलियामा पछिल्लो केही दिन यता संक्रमणदर घट्न थालेको छ । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा २० हजार १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५६६ जनाको एन्टिजेन र ११ हजार ५८२ जनाको पिसिआर परीक्षणबाट यी संक्रमित पहिचान भएका हुन । जहाँ अघिल्लो दिन २५ हजार माथि कोरोना संक्रमित थपिएका थिए । यता, भिक्टोरियामा पनि पछिल्लो २४ घण्टामा १६ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ४३२ जनाको पिसिआर र ७ हजार ५८४ जनाको एन्टिजेन परीक्षणबाट यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारि दिएको छ । भिक्टोरियामा अघिल्लो दिन १८ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । न्यु साउथ वेल्स र भिक्टोरियामा नै शुक्रबारको भन्दा शनिबार कम व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्य राज्यमा पनि संक्रमणदरमा कमि आएको बताइएको छ । केन्द्र र राज्य सरकारले विगत जस्तो प्रतिबन्धात्मक व्यवस्थाबाट नभई सामान्य अवस्थाबाटै कोरोना महामारि नियन्त्रण गर्ने रणनीतिहरु बनाएको बुझिएको छ । संक्रमितको पहिचान र उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा राज्य सरकारहरु जिम्मेवारपूर्वक लागेकाले ओमिक्रोनपछिको महामारि नियन्त्रण सहज हुने अपेक्षा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ