Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्समा यस्तो छ पछिल्लो २४ घण्टामा कोरोनाको अवस्था !

भिक्टोरिया र न्यु साउथ वेल्समा यस्तो छ पछिल्लो २४ घण्टामा कोरोनाको अवस्था !


ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोनाविरुद्धको खोप अभियानले तिब्रता पाएपनि कोरोना महामारि नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छैन ।

भिक्टोरियामा आइतबार मात्रै १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६७ हजार ३१२ जनाको स्वाब परीक्षणबाट यी संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । २४ घण्टाको अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । भिक्टोरियामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ३९३ रहेको छ ।

यता, न्यु साउथ वेल्समा समेत आइतबार ४ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९० हजार ८०४ जनाको स्वाब परीक्षणमार्फत यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ