Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्स र भिक्टोरियामा यस्तो छ कोरोेनाको अवस्था, घट्ने भन्दा बढ्ने !

न्यु साउथ वेल्स र भिक्टोरियामा यस्तो छ कोरोेनाको अवस्था, घट्ने भन्दा बढ्ने !


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा कोरोना संक्रमण पछिल्लो केही दिन यता बढ्न थालेको छ । कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या बढेसँगै महामारि घट्ने आँकलन गरिदैगर्दा शनिबार न्यु साउथ वेल्समा ५६० जना कोरोना संक्रमित थपिए ।

पछिल्लो २४ घण्टामा गरिएको ८२ हजार ५१७ स्वाब परीक्षणबाट यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

भिक्टोरियामा थपिए ११९३ संक्रमित
यता, भिक्टोरिया राज्यमा समेत शनिबार १ हजार १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२ हजार ८९५ जनाको स्वाब परीक्षण गर्दा यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या नै ११ हजार ४५७ रहेको छ । भिक्टोरियामा शुक्रबार १ हजार २०६ जना संक्रमित थपिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ