Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १३ बाट क्वीन्सल्याण्डको सीमाना समेत खुल्ने, पूर्ण खोप लगाउने प्राथमिकतामा

डिसेम्बर १३ बाट क्वीन्सल्याण्डको सीमाना समेत खुल्ने, पूर्ण खोप लगाउने प्राथमिकतामा


ब्रिजबेन । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यले समेत डिसेम्बर १३ गते बिहान १ बजेदखि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । ८० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाएसँगै पूर्ण खोप लगाएका यात्रुहरूलाई कुईन्सल्याण्डले हवाई र सडक मार्ग दुबैबाट आउन दिने  निर्णय गरेको हो ।

अष्ट्रेलियाकै विभिन्न राज्यका दुबै खोप लगाएका यात्रुले क्वारेन्टिन बस्नु नपर्ने तर यात्रापूर्वको ७२ घण्टा अघि कोरोना जाँचगर्दा नेगेटिभ देखिएको रिपोर्ट भने अनिवार्य बोक्नुपर्ने क्वीन्सल्याण्डकी प्रिमियर एनेस्तेसिया प्यालासेले दिनुभएको छ । त्यस्तै यस्ता यात्रुले क्वीन्सल्याण्ड आइपुगेको ५ दिनमा कोरोना परीक्षण समेत गर्नुपर्नेछ ।

त्यस्तै पुरा खोप नलगाएका तथा कोरोनाको उच्च जोखिम (हटस्पट) मानिएका राज्यमा बस्नेहरुले हवाई मार्गबाट मात्र प्रवेश पाउने र १४ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । सीमा क्षेत्रका पूर्ण रूपमा खोप नलगाएका बासिन्दाहरू सीमित कारणले मात्र सीमा पार गर्न सक्षम हुनेछन् ।

विदेशबाट आउने यात्रुले भने पुरा खोप लगाएको, उड्नु ७२ घण्टा अघि पिसिआर परिक्षण गरि नेगेटिभ हुनुपर्ने तथा कुईन्सल्याण्ड आएर घर वा होटलमा १४ दिन क्वारेन्टिन बस्नुपर्नेछ ।

८० प्रतिशत पूर्ण खोप तिर लम्किदैगर्दा पुनः सीमा खोल्ने समय र मिति निर्धारण गर्न पाउँदा खुसी व्यक्त गर्नुभएकी प्रिमियर प्यालासेले उडानहरू र आवास बुक गर्ने र आफन्तजन भेट्ने योजना बनाउने अवशरसँगै खुसियाली भरेको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ