Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्समा फेरि बढ्यो कोरोना,सीमा खोल्ने योजनामा कस्तो प्रभाव पर्ला ?

भिक्टोरिया र न्यु साउथ वेल्समा फेरि बढ्यो कोरोना,सीमा खोल्ने योजनामा कस्तो प्रभाव पर्ला ?


ब्रिजबेन,अष्ट्रेलिया । खोप अभियानले तिब्रता पाएका अष्ट्रेलियास्थित भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा कोरोना नियन्त्रणमा आउने विश्वास गरिएपनि संकमणको उतारचढाव कायमै देखिएको छ । भिक्टोरिया राज्यमा मात्रै पछिल्लो २४ घण्टामा १ हजार २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा यहाँ ७५ हजार ३४८ जनाको स्वाब परीक्षण गरिएको थियो । भिक्टोरियामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २७६ रहेको छ ।

यता, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा समेत २७६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको ७४ हजार ९२६ परीक्षणमा यी संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

खोप अभियानको तिब्रतासँगै अष्ट्रेलियाले डिसेम्बर १ बाट सीमा नाका खोल्दै आवत जावतलाई सहज गराउने निर्णय गरिसकेको छ । तर यी दुई राज्यमा कोरोना महामारि नियन्त्रण सरकारका लागि टाउको दुखाई बनिरहेको छ । यसले सीमा नाका खोल्ने अभियान भने प्रभावित नहुने दाबी सरकारले गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ