Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaघट्न थाल्यो भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोनाको प्रकोप, खोप अभियान थप तिब्र

घट्न थाल्यो भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोनाको प्रकोप, खोप अभियान थप तिब्र


ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा ८२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागका अनुसार ४८ हजार ४२७ जनाको स्वाब परीक्षणबाट यी कोरोना संक्रमित पहिचान भएका हुन ।

पछिल्लो २४ घण्टाको अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । संक्रमणदर केही घटेपनि मृत्युदर भने उच्च बन्न थालेको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या नै ९ हजार ४२० पुगेको छ ।

सोमबार भिक्टोरियामा १ हजार २९ जना कोरोना संक्रमित थपिएका दिए । यहाँ आइतबार १ हजार २७५ जना कोरोना संक्रमित थपिएका थिए । कोरोनाविरुद्धको खोपको तिब्रतासँगै संक्रमणदर घट्ने अपेक्षा गरिएको छ ।

यता, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ५२ हजार ३०२ परीक्षणमा यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । सोमबार न्यु साउथ वेल्समा १८० संक्रमित थपिएकोमा आइतबार १७६ जना संक्रमित थपिएका थिए ।

अष्ट्रेलियामा नोभेम्बर २२ सम्मको सरकारी तथ्यांक अनुसार ८५ दशमलब १ प्रतिशत अर्थात १ करोड ७५ लाख ५० हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । कोरोना महामारि कायमै रहेको राज्य भिक्टोरियामा ८९ दशमलब २ प्रतिशत पूर्ण खोप लगाइएको छ भने न्यु साउथ वेल्समा ९१ दशमलब ९ प्रतिशतले कोरोनाविरुद्धको पूण खोप पाएका छन् ।

खोप अभियानलाई तिब्रता दिएसँगै अब यी दुई राज्यमा कोरोना महामारि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । खोप अभियानले तिब्रता पाएसँगै सीमा प्रतिबन्ध हटाइएको छ । यी दुई राज्यमा पनि अब कोरोना महामारि नियन्त्रणमा आउने आँकलन स्वास्थ्य अधिकारिहरुले गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ