Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा विपी सम्झदै, चियापान

ब्रिजवेनमा विपी सम्झदै, चियापान


ब्रिजवेन/नेपाली राजनीतिका प्रखर नेता विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा कुइन्सल्याण्डको ब्रिजवेनमा चियापान कार्यक्रम भएको छ ।
विपीको मेलमिलापको नीतिको स्मरण गर्न नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति कुइन्सल्याण्डले कार्यक्रमको आयोजना गरेको हो । विजयादशमी, तिहार र छठको अवसर पारेर नेपाली कांग्रेसका विदेशस्थित भातृ संगठनहरुले शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यसैलाइ निरन्तरता दिन शुभकामना तथा चियापान कार्यक्रम गरिएको समितिका कुइन्सल्याण्ड संयोजक हरि डिसीले नेपालट्युबलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विश्वेश्वर प्रसाद कोइरालाको मेलमिलाप र एकताको नीतिका बारेमा पनि चर्चा गरिएको थियो । विदेशमा रहेका नेपालीहरु पनि विभिन्न विचार र क्षेत्रका आधारमा बाडिएकाले सबैलाई एकताको सुत्रमा बाध्न पनि विपीको नीति आवश्यक रहेको डिसीको भनाई छ ।
भारत निर्वासनमा रहेका बखत विपी यहि एकताको नीति लिएर स्वदेश फर्कि फुटेर होइन जुटेर अघि बढ्ने सन्देश दिनु भएको समेत डिसीले बताउनुभयो । विदेशमा बस्ने सबै विचारधारका नेपालीहरु राष्ट्र, राष्ट्रियता र समुदायको हितका लागि एक ढिक्का हुनुको विकल्प नरहेको डिसीको भनाई छ । कुइन्सल्याण्डमा यस्तो चियापान भएको यो दोस्रो वर्ष हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ