Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिजबेन सहरमा हुने

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिजबेन सहरमा हुने


काठमाडौं, ब्रिजबेन । सन् २०३२ को ओलम्पिक र पारालम्पिक गेम अष्ट्रेलियाको ब्रिसबेन सहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अस्ट्रेलियाको ब्रिजबेन सहरले सन् २०३२ को ओलम्पिक आयोजना गर्ने स्विकृति दिएको हो ।

टोकियोमा बुधवार बसेको आईओसी बैठकले ब्रिसबेनलाई सन् २०३२ को ओलम्पिक आयोजना गर्ने सहरका रूपमा छनोट गरेको थियो । योसँगै अष्ट्रेलिया तेस्रो पटक ओलम्पिकको आयोजक राष्ट्र बन्ने भएको छ । यसअघि सन् १९५८ मा मेलबर्न र सन् २००० को ओलम्पिक सिड्नीमा आयोजना भएको थियो ।

सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिस र सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एनजल्समा आयोजना हुनेगरि खेल तालिका तय भएको छ ।  सन् २०२० को टोकियो ओलम्पिक भने कोरोना महामारीका कारण झन्डै एक वर्ष ढिलो गरेर बिहीवारदेखि आयोजना हुँदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ