Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना सुरु भएयता १ लाख २२ हजार ५३६ नेपाली स्वदेश फर्किए

कोरोना सुरु भएयता १ लाख २२ हजार ५३६ नेपाली स्वदेश फर्किए


काठमाडौं । कोरोना सुरु भएयता विदेशबाट गरिएका उद्धार तथा नियमित उडान मार्फत एक लाख २२ हजार ५३६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दिएको सोमबार रातीसम्मको तथ्यांक अनुसार विभिन्न ३२ मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका हुन् ।

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करीब ५ महिना पछि अर्थात भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेका छन् । सोही क्रममा सोमबार कतारबाट ३७४ जना, यूएईबाट १ सय ३४ जना, साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कअनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार चार सय १७ जना स्वदेश फर्किएका छन् । यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना स्वदेश फर्किएका छन् । कुबेत, ओमान, बहराइन, अमेरिका, अष्ट्रेलिया लगायतका ३२ देशबाट नेपालीहरु कोरोना महामारिकाबीच स्वदेश फर्किएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ