ब्रिजवेन
हिन्दु नारीहरुको महान् पर्व तीजको अवसरमा यसपाली व्रिजवेनमा शिवलिङ्गको विशेष पुजा हुने भएको छ । 
कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर क्युएनसिसिले नेपाली संस्कृति र परम्परालाई प्रवासमा पनि निरन्तरता दिनका लागि तीजमा विशेष पुजाको आयोजना गरेको हो । 
पुजाका लागि काठमाडौको दक्षिणकालीबाट पुर्ण कदको शिवलिङ्ग व्रिजवेन ल्याइएको आयोजकले जनाएको छ । 
सेप्टेम्बर दुइ तारिख सोमबार व्रिजवेनको वेवल हाइटमा तीज विशेष कार्यक्रम हुन लागेको हो । 
दिउसो १२ बजेदेखि साझ ८ बजेसम्म जारी रहने तीज विशेष कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर र बालबालिकाको लागि फेस पेन्टिङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा तीज विशेष नृत्य प्रतियोगिता समेत हुने छ । 
नेपाली पोशाकमा सजिएर कार्यक्रममा सहभागी हुने मध्ये एक जनालाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ । 
निशुल्क प्रवेशको व्यवस्था गरिएको तीज विशेष कार्यक्रममा एक हजार भन्दा बढी सहभागी हुने सेन्टरका प्रमुख नारायण पन्थीले बताउनुभयो । 

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au





 
 
 
 









 
 
 
तपाईको प्रतिक्रिया