Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentकरोडौँले हेरेको ‘पिर’ गीत फेरि अपलोड, हटाइयो ‘यौनकर्मी’को दृश्य ! (भिडियोसहित)

करोडौँले हेरेको ‘पिर’ गीत फेरि अपलोड, हटाइयो ‘यौनकर्मी’को दृश्य ! (भिडियोसहित)


काठमाडौं । सर्वजनिक गरेको केही दिनमै चर्चित बनेको गीत पिरको भिडियोबाट गायक प्रकाश सपुतले यौनकर्मीको दृश्य हटाउनु भएको छ । अघिल्लो हप्ता सार्वजनिक सपुतको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश गरिएको बारे माओवादी नेताहरुले चर्को विरोध गरेपछि सम्पादन गरिएको हो ।

शनिबार दिउँसो गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गर्नुभएको छ । जुन भिडियोमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ । सोही भिडियोलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले गीतको आलोचना गर्दै कतिपयले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी समेत दिएका थिए ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिनुभएको थियो । कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताउँदैआउनुभएका सपुतले गीतको भिडियो नै सम्पादन गरेर बिरोध छल्न खोज्नु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ