Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअन्तत: सबैका लागि खुल्यो अष्ट्रेलियाको सिमाना

अन्तत: सबैका लागि खुल्यो अष्ट्रेलियाको सिमाना


ब्रिजेवन/ कोभिडका कारण दुइ वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुल्ने भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संघिय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिषावहाकका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री स्कट मोरिसनले पत्रकारहरुसंग कुरा गर्दै मान्यता प्राप्त खोपको पुर्णमात्रा लगाएका सबै भिषावहाकलाई आउन दिने निर्णय भएको जानकारी गराउनु भएको हो ।
खोप नलगाएका यात्रुले भने आउनु अघि पुर्व अनुमति लिनुपर्दछ । यसअघि सरकारले डिसेम्बर १५ देखि विद्यार्थी लगायत विभिन्न २८ वटा भिषावालाका लागि सिमाना खुल्ला गरेको थियो । सरकारको पछिल्लो निर्णयको सर्वत्र स्वागत भएको छ । यस बारे केही बेरमा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने तय भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ