Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा क्रमश घट्दै कोरोना महामारि, कुन राज्यमा कस्तो छ अवस्था ?

अष्ट्रेलियामा क्रमश घट्दै कोरोना महामारि, कुन राज्यमा कस्तो छ अवस्था ?


ब्रिजबेन,अष्ट्रेलिया । कोरोना माहामारिले तिब्रता पाएको अष्ट्रेलियामा पछिल्लो समय संक्रमण दर क्रमश घट्न थालेको छ ।  गत शनिबारदेखी कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएपनि मृत्युदरमा भने सुधार हुन सकेको छैन ।

केही दिन अघि मात्रै अष्ट्रेलियामा दैनिक कोरोना संक्रमितको संख्या एक लाखबाट उकालो लागेको थियो । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा ४० हजार ६६८ जना कोरोना संक्रमित थपिदा ५८ जनाको मृत्यु भएको छ । आइतबार ५० हजार हाराहारिमा कोरोना संक्रमित थपिएको अष्ट्रेलियामा ५८ जनाको मृत्यु भएको थियो ।

यस्तो छ राज्य अनुसार कोरोना महामारिको अवस्था
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स राज्यमा १५ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ८ हजार १९० र एन्टिजेन परीक्षणबाट ६ हजार ९०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । न्यु साउथ वेल्समा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ हजार ६९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जहाँ पिसिआर परीक्षणबाट ४ हजार ४८८ र एन्टिजेन परीक्षणबाट ७ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जनाएको छ । भिक्टोरियामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ८६ हजार ७३ रहेको स्वास्थ्य विभागको रेकर्डमा छ ।

क्वीन्सल्याण्डमा १० हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट ६ हजार ५९७ र एन्टिजेन परीक्षणबाट ३ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ८४ हजार १६४ पुगेका छ । क्वीन्सल्याण्ड पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

यता, पछिल्लो २४ घण्टामा तास्मनियामा ६१९, दक्षिण अष्ट्रेलियामा २ हजार ९, उत्तरी क्षेत्रमा २८६ र एसीटीमा ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एसीटी र दक्षिण अष्ट्रेलियामा २–२ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य विभागले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ