Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसरकारी फारममा झुठो विवरण भरेपछि कुइन्सल्याण्डमा एक पक्राउ

सरकारी फारममा झुठो विवरण भरेपछि कुइन्सल्याण्डमा एक पक्राउ


ब्रिजवेन/सरकारी फारममा झुठो विवरण भरेको भेटिएपछि उत्तर कुइन्सल्याण्ड टाउन्सभिलमा एक पुरुष पक्राउ परेका छन् । उनीमाथी अष्ट्रेलियन फेडरल पुलिस एफपपीले मुद्धा दर्ता गरेको छ । ३७ वर्षीय ती पुरुषले केन्स र टाउन्सभिलको विमानस्थलमा काम गर्न लागि झुठो विवरण भरेको भेटिएको हो । ती पुरुषले विमानस्थलमा काम गर्न चाहिने कार्ड एभिएसन सेक्युरिटी आइडेन्टिफिकेसन कार्ड बनाउनका लागि गलत र झुठा विवरण भरेर पेश गरेको एएफपीले जनाएको छ ।

ती पुरुषले यसअघि आफुमाथी कुनै पनि अपराध पुष्टी नभएको तथा यसअघि कार्डको आवेदन सफल नभएको भन्दै झुठा विवरण भरेका थिए । यो अपराध पुष्टी भएमा १२ महिना जेल सजाय हुनेछ । अष्ट्रेलियामा कुनै पनि क्षेत्रमा झुठो विवरण भर्नु गैर कानुनी मानिन्छ । खासगरी नेपालीहरुले पनि अष्ट्रेलियामा विभिन्न सरकारी कामकाजका लागि बुझाउनुपर्ने कागजपत्रमा झुठा विवरण भर्ने गरेको भेटिएको छ । यसलाई सामान्य मान्दा जेल सजाय हुने डर पनि हुन्छ ।


ट्याग : #AFP, #queensland
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ