Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनोभेम्बर १ बाट दुबै खोप लगाएका अष्ट्रेलियाका नागरिक र पिआरधारी विदेश जान पाउने

नोभेम्बर १ बाट दुबै खोप लगाएका अष्ट्रेलियाका नागरिक र पिआरधारी विदेश जान पाउने


सिड्नी/कोराना विरुद्धको दुबै खोप लगाएका अष्ट्रेलियाका नागरिक र पिआरधारीहरुले नोभेम्बर १ तारिख सोमबारबाट विदेश यात्रा गर्न पाउने भएका छन् । हिजो राति संघिय सरकारका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेश यात्रा गर्नका लागि पुर्व अनुमति लिनुपर्ने व्यवस्था दुबै खोप लगाउनेका लागि हटाएको घोषणा गर्नुभएको हो । दुबै खोप नलगाउनेले भने विदेश जाने हो भने पुर्व अनुमति अझै लिनुपर्नेछ ।

विदेश यात्रा गर्न चाहाने नागरिक र पिआरधारीले दुबै खोप लगाएको प्रमाणपत्र अर्थात भ्याक्सिन पासपोर्ट देखाउनु पर्नेछ । मन्त्री हन्टले यो निर्णय अन्तराष्ट्रिय सिमाना खोल्ने पहिलो खुड्किला भएको भन्दै दोस्रो तहमा विदेशी विद्यँर्थी र स्वास्थ्य क्षेत्रका कामदारलाई ल्याउनमा जोड दिने बताउनुभयो । अष्ट्रेलियामा हाल एष्ट्राजेनिका, फाइजर, मडोना र जोनसन एण्ड जोनसन खोप लगाउन मान्यता पाएको छ । त्यसो त थेराप्युटिक गुड एडमिनिस्ट्रेसन टिजिएले चीन, भारत र रसिया जस्ता देशमा बनेका खोपलाई पनि मान्यता दिनका लागि सरकारलाई सिफारिस गरेको छ । यदि यो सिफारिस पारित भएमा चीनमा बनेको खोप लगाएका नेपाली विद्यार्थीहरु र अभिभावकलाई अष्ट्रेलिया आउन सजिलो हुनेथियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ