Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा विद्यार्थीका लागि टिकटक प्रतियोगिता । बिजेताले पाउछन् ५ हजार डलर, यसरी लिनुस् भाग

अष्ट्रेलियामा विद्यार्थीका लागि टिकटक प्रतियोगिता । बिजेताले पाउछन् ५ हजार डलर, यसरी लिनुस् भाग


ब्रिजवेन/अष्ट्रेलियामा पढिरहेका अन्तराष्ट्रिय विद्यार्थीका लागि टिकटक प्रतियोगिता घोषणा भएको छ । प्रतियोगितामा विद्यार्थीले आफ्नो अष्ट्रेलिया यात्रा, जीवन, काम र करियर बारे भिडियो बनाउन सक्नेछन् । एक्सपर्ट एजुकेशन तथा भिषाले एक्सपर्ट टिकटक कन्टटेष्ट सुरु गरेको हो । विजयी टिकटकरले ५ हजार डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहाने विद्यार्थीले अक्टोबर १ देखि ३१ तारिखभित्र भिडियो बनाएर आफ्नो टिकटकमा पोष्ट गर्नुपर्नेछ । त्यसपछि तोकिएको फारम भरेर प्रतियोगितामा सहभागी हुन सकिन्छ । भिडियोमा प्रतियोगीले अनिवार्य रुपमा अष्ट्रेलियाले सिकाएको एउटा महत्वपुर्ण शिक्षा समावेश गर्नुपर्नेछ । भिडियोको भ्युज र निर्णायक टोलीको मुल्यांकनका आधारमा विजेता छनोट गरिने एक्सपर्टले जनाएको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न तथा कोभिडको बेलामा मानसिक रुपमा तनावमा रहेका विद्यार्थीलाई केही भएपनि मनोरञ्जन होस् भनेर टिकटक प्रतियोगिता सुरु गरिएको एक्सपर्ट एजुकेशन ब्रिजवेनका अरुण पौडेलले जानकारी दिनुभयो । तपाई पनि प्रतियोगितामा सहभागी हुने हो भने यो लिंकमा थिच्नुहोस् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ