Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनोभेम्बरदेखि अष्ट्रेलियाको सिमाना खुल्ने । के विद्यार्थी पनि आउन पाउछन् ?

नोभेम्बरदेखि अष्ट्रेलियाको सिमाना खुल्ने । के विद्यार्थी पनि आउन पाउछन् ?


क्यानबेरा/ १८ महिनादेखि बन्द अष्ट्रेलियाको अन्तराष्ट्रिय सिमाना अर्को महिना नोभेम्बरदेखि खुल्ने भएको छ । राष्ट्रिय मन्त्रीपरिषदको बैठकले खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेका राज्यहरुले सिमाना खुल्ला गर्ने निर्णय गरेको हो । यो निर्णय अनुसार अन्तराष्ट्रिय सिमाना खोल्ने पहिलो राज्य न्यु साउथ वेल्स बन्ने देखिन्छ । खोपको पुर्ण मात्रा लगाएका अष्ट्रेलियन नागरिक र पिआरवालाका लागि पहिलो चरणमा सिमाना खोल्न लागिएको हो । उनीहरु आएपछि एक साता घरमै क्वारेन्टिनमा बस्नुपर्नेछ । कर्मसियल विमान कम्पनीले खोप लगाएका यात्रुका लागि नियमित उडान समेत सुरु गर्नेछन् । हाललाई यो व्यवस्था नागरिक र पिआरवालालाई मात्र सिमित गरिएको छ । यदपी न्यु साउथ वेल्स सरकारले डिसेम्बरबाट विद्यार्थी पनि ल्याउने घोषणा गरेको छ ।

चिनियाँ र भारतिय खोप लगाएकाहरुलाई पनि मान्यता दिन सिफारिस

यसअघि अष्ट्रेलियाले यहाँ मान्यता प्राप्त ४ वटा खोपहरु फाइजर, एष्ट्राजेनिका, मडोना र जोनसन एण्ड जोनसन लगाएकालाई मात्रै आउन दिने घोषणा गरेको छ । तर, यी खोपलाई मात्रै मान्यता दिदा चीन, नेपाल र भारतबाट आउने ठुलो संख्याका अन्तराष्ट्रिय विद्यार्थीहरु आउन नपाउने भएपछि खोपको दायरा बढाउन सरकारलाई दवाव परेको छ । यहाँको विश्वविद्यालयहरुको अनुरोध अनुसार थेराप्युटिक गुडस् एडमिनिष्ट्रेसनले सरकारलाई चीन र भारतमा बनेका खोपलाई पनि मान्यता दिन सरकारलाई सिफारिस गरेको छ । यी खोपले मान्यता पाएमा डिसेम्बरबाट न्यु साउथ वेल्स राज्यले विद्यार्थी ल्याउदा नेपाली पनि पर्न सक्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ