Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली विद्यार्थीले समेत पाइरहेको हप्ताको ७५० डलर रोकिदै ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीले समेत पाइरहेको हप्ताको ७५० डलर रोकिदै ।


ब्रिजवेन/कोभिड लकडाउनका कारण संघिय सरकारले बाडिरहेको कोभिड डिजास्टर पेमेन्ट रोकिने भएको छ । हाल लक डाउन भएका न्यु साउथ वेल्स, भिक्टोरिया र क्यानवेरामा १५ लाख भन्दा बढी मानिसले यो पेमेन्ट लिइरहेका छन् । लकडाउनका कारण काम गुमाएका व्यक्तिलाई हप्ताको ७५० डलरका दरले एक सातामा १ विलियन डलरभन्दा बढी रकम बाडिदै आएको छ । नेपाली विद्यार्थीहरुले पनि यो रकम लिइरहेका छन् ।

अब भने यो रकम रोकिने भएको छ । सबै राज्य र टेरिटोरीले ७० प्रतिशत खोपको मापदण्ड भेटेपछि यस रकममा पहिलो परिवर्तन गरिनेछ । केही हप्ताभित्रै न्यु साउथ वेल्स, भिक्टोरिया र क्यानवेरामा १६ वर्षभन्दा माथीले दुबै खोप लगाउने संख्या ७० प्रतिशत पुग्दैछ । ७० प्रतिशत पुगेपछि रकम लिने हो भने हरेक हप्ता डिजास्टर पेमेन्टका लागि आवेदन दिनुपर्नेछ । यसअघि एक पटक आवेदन दिएपछि स्वत हरेक हप्ता पैसा आउने गरेको थियो । दुबै खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेपगेको पहिलो हप्ता नै यो रकममा आधा कटौती गरिनेछ । जतिसुकै घण्टा काम गुमाएपनि मानिसहरुले केवल हप्तामा ४५० डलर मात्रै पाउनेछन् । ८० प्रतिशत पुगेको दोस्रो हप्ता ४५० डलर घटाएर ३२० डलर र तेस्रो हप्तादेखि रकम दिन पुर्ण रुप बन्द गरिनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ